भुटानी शरणार्थी प्रकरणमा आफना संलग्नता नरहेको र चरित्रहत्या नर्गन पूर्वगृहमन्त्री बालकृष्ण खाणको आग्रह

rupandehi khabar , १८६  पटक हेरिएको

भैरहवा , बैशाख २३

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थीलाई बनाएर विदेश पठाउने प्रकरणमा संलग्न नभएको बताउनु भएको छ । आज विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको जानकारी दिनु भएको हो ।

‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उहाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : १८:५६:३९ , १ वर्ष अगाडि