कुटपिटमा संलग्न दुई जना प्रहरी हिरासतमा

rupandehi khabar , १५१७  पटक हेरिएको

मर्चवार, जेठ २

रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर २ स्थित सुमेरगढका दुई जना युवकलाई इलाका प्रहरी कार्यालय मर्चवारले सोमवार हिरासतमा लिएको छ । सुमेरगढमा बस्ने १९ वर्षिय सुरज कुमार हरिजनलाई १९ वर्षिय चन्द्रभान यादव र २३ वर्षिय रामबचन यादव दुई दाईभाई मिली कुटपिट गरेको ईलाका प्रहरी कार्यालय मर्चवार स्रोतले जनाएको छ ।

मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद वरईका अनुसार पहिला पनि हरिजन माथि आक्रमण भएको थियो । विहान ६ बजेको समयमा मनराजी देवी शिशु सेमरा विद्यालयमामा पढ्न जाने क्रममा त्यस बेला पिन्टु यादवको भाई र अरु दुई जना छपियाका केटाहरु विना कारण साइकलबाट हरिजनलाई खसालेर पिटेका थिए । उनीहरु माथि सार्बजनिक मुद्दा लागेको र करिब १ साता थुनामा राखिएको थियो । पछि त्यसको धरौटिमा जमानत भएको थियो । त्यही विषयलाई लिएर मकुनगढबाट आउने क्रममा फेरी दुई जनाले रक्सी खाएर हातमा फलामको पञ्च, रड लिएर बसेका थिए । हरिजनलाई विना कारण कुटाई गरेको अध्यक्षले बताउनुभयो । हरिजन माथि पटक पटक आक्रमण भएको हुदाँ यो विषयमा सत्य, तथ्य र यथार्थ छानवीन गरी दोषीलाई कारवाही हुनुपर्ने बताउनु भएको छ ।

वडा नम्बर २ का वडा अध्यक्ष शशिदयाल चौधरीका अनुसार सोमवार साँझको समयमा झगडा परेको हो । आफूले खबर पाउन साथ चौकीमा पुग्दा गाउँका सबै मानिसहरु चौकीलाई घेराउ गरेका थिए । सबै भन्दा पहिला अचेत अवस्थामा रहेको सुरजलाई भैरहवाको मेडिकल कालेजमा पठाईयो । दोषीहरुलाई प्रहरीले हिरासतमा लिई सुरक्षा दिएको चौधरीले बताएका छन् । झगडा हुने कारण आफूलाई थाहा नभएको बताउनुभयो । हरिजन झगडालु नरहेको र आफूले सुरजलाई पढाएको हुदाँ उसको बानी व्यवहार थाहा भएको बताउनु भएको छ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : २१:३७:०० , १ वर्ष अगाडि