स्थानिय प्रहरीको मिलोमतोमा रोहिणीका नाकाहरुबाट ब्यापक तस्करी हुदै

उर्मिला यादव यात्री , १०३०  पटक हेरिएको

भैरहवा ,जेठ ७

पछिल्लो समय रुपन्देहीको रोहिणी गाउपालिका अन्तर्गत पर्ने सिमानाकाबाट ब्यापक मात्रामा बिभिन्न सामानहरुको तस्करी बढदै गएको छ । रोहिणी गाउपालिकाको मैनिहवा, मदरी , पर्सा, बुची र बरवा बोर्डरबाट अबैध रुपमा भारतबाट नेपालमा ठुलो मात्रामा कपडा, हार्डवयरका सामान, कस्मेटिक सामान, मोबाइल, मोटरसाइकल पार्टस, कुखुरा, चिनी लगायत बिभिन्न सामानहरुको तस्करी बढदै गएको हो ।

प्रहरी चौकीलाई मासिक रुपमा पैसा बुझाउने गरी सहमति गरेर तस्करीको सेटिङ मिलाइएको त्यहाका स्थानियहरुको जनगुनासो छ । भारतबाट भन्सार छलेर ल्याइएका सामानहरुको जाचबुझ गर्दै त्यहाका प्रहरीले रकम असुल्दै आएको नाम नबताउने सर्तमा एक ब्यापारीले बताए । जे सामान ल्याए पनि उनीहरुलाई कमिशन दिनु पर्छ । नदिएमा सामान लैजान नदिने , दुख दिने गरेको उनी गुनासो गर्छन । धेरै सामान लैजादा सेटिंगमै कारोबार हुने गरेको छ । जसका कारण पनि लाखौं राजश्व चुहावट भइरहेको छ ।

यतिबेला बेलहिया भन्सार परिसरबाट तस्करको लाइनलाई केही मात्रामा कडाइ गरिएको छ तर अन्य नाकामा खुलम खुल्ला रुपमा तस्करी भइरहेको छ । मुख्य नाकामा सशस्त्र प्रहरीहरुले निगरानी गरे पनि खुलेआम तस्करहरु तस्करी गर्दै आएका छन । तस्करी रोक्न नसक्नु ठुलो चुनौतीको रुपमा देखिएको छ भने प्रहरी चौकीलाई मासिक रुपमा पैसा बुझाउने गरी सहमति गरेर तस्करीको सेटिङ मिलाइएको छ । रोहिणी गाउँपालिका अन्र्तगत पर्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालयमा मासिक रुपमा तस्करले रकम बुझाउने गरेको एक तस्करले बताए । भारतबाट बिवाह वा अन्य कुनै कामको लागी दराज वा अरु कुनै सामान ल्याए पनि मैनिहवा चौकीका प्रहरीहरुले घुस लिए पछि मात्र सामानहरु ल्याउन दिन्छन । स्थानिय जनताले घर जोहो गर्नका लागी थोरै सामान ल्याए पनि प्रहरीले खोस्ने गरेको त्यहाका स्थानियहरुको जनगुनासो छ भने तस्करहरुलाई प्रहरीले देखे पनि नदेखे झै गर्छन । प्रहरीकै ठुलो हात छ यसमा स्थानिय तहले पनि निगरानी गर्नुपर्ने अवस्था आएको धकधइका एक स्थानियले बताए ।

प्रकाशित मिति: २०२३-०५-२१ , समय : १८:५९:०६ , २ वर्ष अगाडि