रेशम चौधरीको सजाय माफी दिन सरकारको सिफारिस

rupandehi khabar , ८५  पटक हेरिएको

काठमाडौँ, जेठ १४

सरकारले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफीका सिफारिस गरेको छ । चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिनु भएको छ ।

राष्ट्रपतिले चौधरीको सजाय माफी निवेदन उपर कारबाही गर्न आदेश दिएसँगै सरकारले मन्त्रिपरिषद्बाट सजायमाफीको निर्णय गर्दै राष्ट्रपतिकोमा सिफारिस गर्ने निर्णय गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन ।

प्रकाशित मिति: २०२३-०५-२८ , समय : १७:१८:४१ , १ वर्ष अगाडि