रुपन्देही खबर , १३७३८ पटक हेरिएको
कपिलवस्तु, साउन १
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले अबैध कारोबार गर्नेलाई पक्राउ पुर्जी जारी गरेको छ । भन्सार ऐन २०६४ को दफा ४० ९२० बमोजिम अनुसन्धान गर्न सुरेंद्र तेली भन्ने कारोबारीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको कृष्णनगर भन्सार कार्यालयका अधिकृत बिकाश उपाध्ययले बताउनु भएको छ ।
तस्करी नियन्त्रणका लागि विशेष चासो राखेर कडाइ गरेपछि तस्करहरु बिरोध गर्ने र तस्करहरु योजनाबद्ध तरीकाले फसाउन खोजेको समेत अधिकृत उपाध्यले बताउनु भएको हो ।
कृष्णनगर भन्सार कार्यालय तस्करीलाई कडाई गर्दैछ , तस्करहरुले तस्करी गर्न नपाएर आरोप समेत लगाउने गरेको भन्सार अधिकृत उपाध्याले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०७-१७ , समय : ०८:०१:३९ , १ वर्ष अगाडि