त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

रुपन्देही खबर , ४०७  पटक हेरिएको

काठमाडौँ , साउन ५

करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिनु भएको छ । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको महानिर्देशक पौडेलले बताउनु भएको छ । । उहाले ‘दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरेको बताउदै थप छानबिन भैरहेको जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०७-२१ , समय : ११:०७:२१ , ११ महिना अगाडि