आजदेखि सोह्र श्राद्ध सुरु

रुपन्देही खबर , २९  पटक हेरिएको

तस्वीर : न्युज एजेन्सी नेपाल

भैरहवा, असोज ११ 

असोज कृष्ण प्रतिपदादेखि पितृ पक्ष अर्थात् सोह्र श्राद्ध विधिवत् रूपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्रोअनुसार आइतबार प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।

धर्मशास्त्रविद्का अनुसार सोह्र श्राद्धमा दिवंगत पितृको तिथिअनुसार दिउँसोको समयमा तर्पण, सिदादान तथा पिण्डदान गरी श्राद्ध गर्ने शास्त्रीय परम्परा छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्म पर्ने १६ तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो।

तोकिएको तिथिमा श्राद्ध गर्न नसक्नेका लागि समेत शास्त्रमा वैकल्पिक तिथि निर्धारण गरिएको धर्मशास्त्रविद्हरूले बताएका छन्। उनीहरूका अनुसार असोज कृष्ण औँसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी, द्वादशी र औँसीलगायतका विशेष तिथिमा पनि श्राद्ध गर्न सकिन्छ।

पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुने भएकाले दसैँअघि पितृको सम्झना र तृप्तिका लागि श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहिआएको छ। यस वर्ष अधिकमास परेका कारण सोह्र श्राद्ध र बडादसैँ अघिल्ला वर्षको तुलनामा केही ढिला परेको हो।

प्रकाशित मिति: २०२६-०९-२७ , समय : ०९:४२:११ , ४५ मिनेटutes अगाडि