युसीएमएस प्रशासन र आन्दोलनरत विद्यार्थी बिच सहमति

अस्पताल तथा कलेज आजदेखि पूर्ण रुपमा सुचारु

रुपन्देही खबर , २४२  पटक हेरिएको

भैरहवा, कार्तिक २१

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र यहाँ आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ । विभिन्न माग राख्दै विगत एक महिनादेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण अस्पतालबाट सञ्चालन हुने सेवाहरु बन्द भएका थिए । जसका कारण बिरामीहरु मर्कामा परेका थिए र अस्पतालको सेवा समेत प्रभावित भएको थियो ।

युसीएमएस प्रशासन तथा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भइ अस्पताल र कलेज मंगलबार (आज) देखि पूर्ण रुपमा सुचारु भएको युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले बताउनु भएको छ । यस अवधिमा उठेका समस्यालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि समन्वय तथा सहकार्य गरिदिनु हुने सबैमा अस्पताल प्रशासन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ, ‘प्रमुख कार्यकारी अधिकृत पि.एस.द्वारा जारी सूचनामा उल्लेख छ ।’

प्रकाशित मिति: २०२३-११-०७ , समय : ०९:४६:३६ , ५ महिना अगाडि