हत्या अभियोगमा रुपन्देहीको कम्हरियाबाट एक जना पक्राउ

उर्मिला यादव यात्री , १४२  पटक हेरिएको

भैरहवा, पुस ९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउपालिका वडा नम्बर ३ कम्हरिया बस्ने ३६ बर्षिय बिनोद हरिजन रहेका छन । सोही स्थान बस्ने बिनोद हरीजन र ईशरावती हरीजन बिच शनिबार झै–झगडा हुदा बिनोद हरिजनले ईशरावती हरिजनलाई हसियाले टाउकोमा हानी घाईते बनाएका थिए । घाइते ईशरावतीको उपचारको क्रममा सि.टि.अस्पताल भैरहवामा आइतबार साझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

डिएसपी भटटका अनुसार आइतबार प्रहरीलाई घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक बुद्धि प्रसाद रानाको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले बिनोद हरिजनलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-१२-२५ , समय : २२:०५:४३ , ६ महिना अगाडि