प्रेस स्वतन्त्रता दिवसको अवसरमा परासीमा स्वास्थ्य परीक्षण

रुपन्देही खबर , १०९  पटक हेरिएको

परासी, बैशाख २१

विश्व प्रेस स्वतन्त्रा दिवसका अवसरमा शनिबार नवलरासीमा पत्रकार र स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाले स्वास्थ्य कार्यालयको समन्वयमा नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा आठ जना स्थानीय र १७ जना पत्रकार गरी २५ जनाको स्वास्थ्य परीक्षण गरिएको महासंघका जिल्ला अध्यक्ष केशव पराजुलीले जानकारी दिनु भएको छ ।

उनीहरूको रक्तचाप, सुगर लगायत नसर्ने रोगको परीक्षण गरिएको थियो। जसमध्ये पाँच जना पत्रकारमा उच्च रक्तचाप र एक जनामा उच्च मधुमेह (सुगर) देखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रसन्नमान महर्जनले जानकारी दिनु भएको छ । उच्च मधुमेह देखिएका पत्रकारलाई तत्काल उपचार अघि बढाउन सुझाव दिई अस्पताल पठाइएको महर्जनले बताउनु भयो ।

यसैबीच स्वास्थ्य परीक्षण कार्यक्रमअघि पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सदरमुकाममा प्रभातफेरी कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थिया े। कार्यक्रममा बोल्ने संघसंस्था र सञ्चारगृहका प्रमुखहरूले प्रेस स्वतन्त्रता भनेको नागरिक स्वतन्त्रता भएको भन्दै कुनै पनि पक्षबाट हुने अभिव्यक्ति स्वतन्त्रता हस्क्षेप सह्य नहुनेमा जोड दिएका थिए ।

प्रकाशित मिति: २०२५-०५-०४ , समय : १०:३९:४८ , ६ दिन अगाडि