उर्मिला यादव यात्री , १२५ पटक हेरिएको

भैरहवा, जेठ २२
‘प्लास्टिक प्रदूषण न्युनीकरण : हाम्रो दायित्व’ भन्ने मुल नाराका साथ डिभिजन बन कार्यालयय रुपन्देहीले आज बिहीबार बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । डिभिजन वन कार्यालय रुपन्देहीका सिनियर डिभिजनल वन अधिकृत प्रविण विडारीको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको हो।
बातावरण दिवसको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले डिभिजन वन कार्यालय रुपन्देहीले ‘प्लास्टिक प्रदूषण न्युनीकरणका लागी नवीनतम कार्यको थालनी गरेको भन्दै प्रशंसा गर्नु भएको छ । उहाले प्लास्टिक प्रदूषण विश्वमै गम्भिर चुनौतीको रुपमा देखिएको र यसको निराकरणमा सबै तह लाग्नुपर्ने बताउनु भएको छ । उहाले बन कार्यालयले सुरुवात गरेको नबिनतम अभियानमा यहाका स्थानिय निकाय, बिभिन्न संघसंस्था हातेमालो गरी अगाडी बढन सके मात्र नतिजामा पुग्न सकिने उल्लेख गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले प्लास्टिक मानिसको जिवनको अभिन्न अंग बनिसकेको बताउनु भएको छ । उहाले मानिसको हरेक उपभोग्य बस्तुमा प्लास्टिक कुनै न कुनै स्वरुपका माध्यमबाट घरमा भित्रिएको बताउदै यसको निराकरणमा सबै लाग्नुपर्ने जोड दिनु भयो । उहाले यसमा हामी सबै तह संवेदनशील हुनुपर्ने उल्लेख गर्नु भयो । प्लास्टिक प्रदूषण निराकरणमा कसरी व्यवहारिक बन्ने विषयमा सबैले सोच्न जरुरी रहेको बताउदै वातावरण प्रदूषण वन मन्त्रालयको मात्र विषय नभएकाले यसमा सबै तह लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
यस्तै गरी डिभिजन वन कार्यालय रुपन्देहीका सिनियर डिभिजनल वन अधिकृत प्रवीण विडारीले प्लास्टिक प्रयोगको बानीलाई कम गर्नुपर्ने बताउनु भएको छ । उहाले प्लास्टिक जन्य बस्तुहरुको अधिक प्रयोगले बातावरणमा हास आउने समस्याहरु देखिएकोले बिश्वमा यो प्रमुख चुनौतीको रुपमा देखिएको उल्लेख गर्नु भयो । उहाले प्लास्टिक मानव जीवनसँग नजिकसँग जोडिएकोले यसबाट एकै पटक छुटकारा पाउन सजिलो नभएको जिकिर गर्नु भयो । उहाले यसको न्यूनीकरण नगर्ने हो भने यसले भबिष्यमा मानव स्वास्थ्यलाई नै जोखिममा पार्ने बताउनु भयो । उहाले प्लास्टिकको प्रयोगले वातावरणमा पार्ने असर खतराजन्य हुने भएको बताउँदै प्लास्टिकको प्रयाोगलाई कम गर्नुपर्ने जोड दिनु भएको छ । मानव जातिको महत्वकांक्षा बढ्दै जादा प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको भन्दै सिनियर डिभिजनल वन अधिकृत विडारीले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको समेत बताउनु भयो ।
डिभिजन वन कार्यालय रुपन्देहीका बरिष्ठ बन अधिकृत दिपक केसीको स्वागत मन्तब्य रहेको कार्यक्रममा डन्डा खोला सरसफाइ अभियानका संयोजक लिला बहादुर कार्की, सिनपा वडा नम्बर १२ का वडाध्यक्ष कुमार गुरुंग, बन निर्देशनालय बुटवलका महानिर्देशक प्रभास सापकोटा लगायतले बोल्दै माइक्रो प्लाष्टिकका कारण समेत मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर असर परिरहेको बताउनु भएको थियो । भने कार्यक्रम संचालन डिभिजन वन कार्यालय रुपन्देहीका शाखा अधिकृत टेक राज भटटराइले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०६-०५ , समय : २२:२०:०९ , २ दिन अगाडि