रुपन्देही खबर , ५६५ पटक हेरिएको
भैरहवा, साउन १०
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ आवारोड भैरहवामा थप ब्यवस्थापनका साथ अनामिका जब लिन्क एन्ड कन्सल्टेन्सीको उद्घाटन गरिएको छ । कन्सल्टेन्सीका संचालक अनामिका यादवको अध्यक्षता तथा ब्राइट स्टार इंगलिस बोडिंग सेकेण्डरी स्कुल सिनपा १ रुपन्देहीका प्रबन्ध निर्देशक अमित यादवको प्रमुख आतिथ्यतामा बिहीबार एक कार्यक्रमका बिच अनामिका जब लिन्क एन्ड कन्सल्टेन्सीको उद्घाटन गरिएको छ । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले रोजगारीको खोजीमा रहेका युवाहरूका लागि सुखद खबर भएको बताउनु भएको छ । उहाले देशमा बेरोजगारीका कारण युवाहरु बैदेशिक रोजगारी तर्फ आकर्षित हुदै गएकोले आफना देशमा रहेका दक्ष जनशक्तिलाई यस्ता जब लिन्क तथा कन्सल्टेन्सीले स्वदेशमै केही गर्ने अवसर दिएकोले यो समाजका लागी उदाहरणीय कार्य भएको बताउनु भएको छ । उहाले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्न आवश्यक रहेको जोड दिदै राजनितिक अस्थिरताका कारण देशमा बिकराल अवस्था सिर्जना भएको बताउनु भएको छ । उहाले यसलाई चिर्न युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताउदै यस्ता जब लिन्क तथा कन्सल्टेन्सीको एकदमै आवश्यकता भएको उल्लेख गर्नु भयो ।उहाले देश बनाउन यहाका युवाहरुको प्रयास र देश प्रतिको माया उत्तिकै आवश्यक भएकोले हातेमालो गर्दै अघि बढन आग्रह समेत गर्नु भएको छ । उहाले सानो सानो प्रयासबाट नै देशमा आमुल परिर्वतन हुन सक्ने भएकोले देशमा नै स्वरोजगारी हुनुपर्ने जोड दिनु भयो ।

यस्तै गरी ब्राइट स्टार इंगलिस बोडिंग सेकेण्डरी स्कुल सिनपा १ रुपन्देहीका सह प्रधानाध्यापक राहुल यादवले अनामिका जब लिंकले समाजका लागी उदाहरणीय कार्य गरेको बताउनु भएको छ । उहाले बैदेशिक रोजगारी तर्फ पलायन हुने युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी दक्ष जनशक्ति निमार्णमा महत्वपुर्ण भुमिका खेलको आग्रह गर्नु भएको छ । उहाले आफनो देशमा भएका जनशक्तिलाई पहिचान गरी दक्ष बनाई स्वदेशमै रोजगराी प्रदान गरी आत्मनिर्भर बनाउने अनामिका जब लिंकलाई थप हौसलाका साथ अगाडी बढन शुभकामना समेत दिनु भएको छ ।

कार्यक्रममा बोल्दै अनामिका जब लिन्क एन्ड कन्सल्टेन्सीका संचालक अनामिका यादवले +२ र स्नातक तहका विद्यार्थीहरूलाई लक्षित रोजगारी कार्यक्रम, जसमा ट्युसन, पार्ट टाइम काम, तथा व्यावसायिक तालिमहरू प्रदान गर्नुका साथै लोकसेवा तयारी कक्षा, स्टाफ सप्लाई ,दक्ष कर्मचारी बनाउन आवश्यक सिपतालिम प्रदान गर्ने उदेश्य सहित अन्तर्राष्ट्रिय रोजगारीका लागि तयारी कक्षा र भाषा तालिम, विशेष गरी जापानी, कोरियन, र अङ्ग्रेजी भाषा शिक्षण प्रदान गर्ने कन्सल्टेन्सीको उदेश्य रहेको बताउनु भएको छ । उहाले “अनामिका जब लिंकले युवाहरूलाई स्वदेशमै सम्भावना देख्ने प्रेरणा दिने लक्ष्य राख्नुका साथै दक्ष जनशक्ति तयार गर्दै रोजगार सञ्जालमा समावेश गराउनु मुख्य उद्देश्यका साथ काम गर्दै आएको बताउनु भयो ।

अनामिका जब लिंक एन्ड कन्सलटेन्सी’को उदघाटन अनामिका यादवका पिता ओमप्रकाश यादवले गर्नु भएको थियो भने चन्दन यादवको स्वागत मन्तब्य रहेको कार्यक्र्र्र्र्र्र्रममा बिश्वानन्द यादव, इन्द्र फार्मेसीका संचालक रणधिर यादव, राधेश्याम बरई, कृष्ण गुप्ता, रबि फार्मेसीका संचालक रबि यादव, समाजसेवी दिनेश यादव, अमर यादव, रोशनी चौधरी, रिंगला कुर्मी, पत्रकार ज्ञानेश्वर सहानी, आरपी गुप्ता, बिभिन्न संघसंस्थाका पदाधिकारी, सरोकारवाला निकाय लगायत स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो । समाजमा बढ्दो बेरोजगारीको चुनौतीलाई सम्बोधन गर्दै यो कन्सलटेन्सीले देश तथा विदेशमा रोजगारी चाहने व्यक्तिहरूलाई परामर्श, तयारी, सिभी निर्माण, तालिम र जागिरमा सिफारिस गर्ने सेवा दिदै आएको छ ।
प्रकाशित मिति: २०२५-०७-२६ , समय : २०:३८:०३ , ८ महिना अगाडि