बुटवल–नारायणगढ सडक अवरुद्ध

रासस , १०५  पटक हेरिएको

नवलपरासी, साउन २३
बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड अवरुद्ध भएको हो । दाउन्नेको पैसठ्ठी मोड नजिकै सडक हिलो र चिप्लो हुँदा गाडी फसेको हुँदा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

आज बिहानदेखि सडक अवरुद्ध भएको हो । बर्खामा पानी पर्ने र गाडी उकालोमा चिप्लिने गरेकाले धेरै समस्या हुने गरेको छ । बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यो क्षेत्रमा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने अवस्था छ ।

प्रकाशित मिति: २०२५-०८-०८ , समय : १३:१६:०६ , ५ दिन अगाडि