रुपन्देही खबर , ३० पटक हेरिएको
काठमाण्डौ,कार्तिक २२
प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभामा पाँच वटा विधेयक विचाराधिन छन् । प्रतिनिधिसभा विघटन गरेपछि संघीय संसदमा रहेका ३० वटा विधेयकहरु निष्क्रिय भएका थिए । राष्ट्रिय सभामा उत्पति भएका पाँच वटा विधेयक भने विचराधिन रहेका राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका उपसचिव नुमराज खनाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सम्बन्धित विधेयक, अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक विचाराधिन रहेका हुन् ।
यिमध्ये पर्यटन, चलचित्र र सामाजिक सञ्जालसम्बन्धी विधेयक विधायन समितिमा छन् । समितिमा रहेका तीन वटा विधेयकलाई दफावार छलफल गर्ने तयारीे गरेको उहाँले जानकारी दिनुभयो । अहिलेको सरकारले पनि वैकल्पिक वित्त परिचालन सम्बन्धि कोष स्थापना गर्ने विषयसँग सम्बन्धित विधेयक संघीय संसदमा पेश गर्ने गरी पठाएको छ । प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको बैठक पनि अन्त्य गरिएको छ । राष्ट्रिय सभा अन्तर्गतका समितिहरुको बैठक भने बस्ने गरेका छन् ।
प्रकाशित मिति: २०२५-११-०८ , समय : २०:२८:५८ , ५ घन्टा अगाडि