दुर्गा मोडल एकेडेमी सियारी–२ द्वारा अन्तर–विद्यालय लोक नृत्य प्रतियोगिता हुदै

उर्मिला यादव यात्री , १४२  पटक हेरिएको

सियारी, मंसिर १७

दुर्गा मोडल एकेडेमी, सियारी–२ चाङ्गठाले अन्तर–विद्यालय स्तरीय नेपाली लोक नृत्य प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ । आगामी मंसिर २९ गते हुने प्रतियोगिताका लागी विद्यालयले आधिकारिक पत्राचारमार्फत आसपासका विद्यालयहरूलाई सहभागी हुन आग्रह गरेको बिद्यालयका प्रधानाध्यापक सुरेश कुमार बरईले जानकारी दिनु भएको छ । प्रधानाध्यापक बरईले “विद्यार्थीहरूको प्रतिभा सँगै हाम्रो मौलिक कला–संस्कृतिको जगेर्ना गर्न यस वर्ष अन्तर–विद्यालय प्रतियोगिता आयोजना गर्न लागेको बताउनु भएको हो ।

उहाका अनुसार प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । समूहगत रूपमा सञ्चालन हुने प्रतियोगितामा एक समूहमा ६ देखि १० जना विद्यार्थी रहने व्यवस्था गरिएको बिद्यालयले जनाएको छ ।

प्रतियोगीताका लागि दर्ता शुल्क रु २ हजार रुपैया तोकिएको छ भने विद्यालयको नाम दर्ता गर्ने अन्तिम मिति मंसिर २६ गते सम्म राखिएको बिद्यालयका प्रधानाध्यापक बरईले जानकारी दिनु भएको छ । प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई आकर्षक ट्रफी सहित नगद रु पाच हजार रुपैया, द्धितीय हुने बिद्यालयलाई ट्रफी, नगद रु ४ हजार रुपैया, र तृतीय हुने बिद्यालयलाई ट्रफी र तीन हजार नगद पुरस्कार प्रदान गरिने बिद्यालयका सहप्रधानाध्यापक बिजय कुमार बरईले जानकारी दिनु भएको छ ।

प्रतियोगिता दुर्गा मोडल एकेडेमी, सियारी–२, चंट्टामा बिहान १० बजेदेखि सञ्चालन हुने विद्यालयले जनाएको छ । थप जानकारीका लागि विद्यालयका प्रतिनिधि सुरेश कुमार बरई लाई ९८२१४४४०४४,९८५७०१५१३५मा बिजय कुमार बरई लाई ९८०७५४०९७२ मा, चन्द्र केशव यादवलाई ९८०७४४०४८० मा र मदन कुमार बरईलाई ९८४७०१७९८८ मा सँग सम्पर्क गर्न सकिने बिद्यालले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-०३ , समय : २०:१९:३६ , १४ घन्टा अगाडि