मध्यपूर्वमा तनाव चर्कियो, यमनमा हुथी विद्रोहीका क्षेत्र लक्षित आक्रमण

एजेन्सी , ४२  पटक हेरिएको

कार्तिक  ९

मध्यपूर्वमा तनाव चर्किँदै गएको छ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँगै क्षेत्रीय तनाव कम गर्ने कूटनीतिक प्रयास भइरहेका बेला मध्यपूर्वमा तनाव चर्किएको हो ।

हुथी समूहले रियाद विमानस्थललाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेपछि साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानासहित हुथी नियन्त्रणका क्षेत्रहरूमा आक्रमण गरेको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने सम्भावना नरहेको बताउनु भएको छ । इरानका विदेशमन्त्री अब्बास अराघच्चीले अमेरिका र इजरायलले फेरि आक्रमण गरे पनि त्यसबाट विगतको भन्दा फरक परिणाम नआउने बताउनुभएको छ । क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले कतारका मध्यस्थकर्ताहरू तेहरान पुगेका बेला अराग्चीको यस्तो भनाइ आएको हो ।

मध्यपूर्वका विभिन्न क्षेत्रमा सैन्य कारबाही र तनाव जारी रहँदा इरान र अमेरिकाबीचको सम्भावित टकराव रोक्न तथा क्षेत्रीय द्वन्द्व थप फैलिन नदिन कूटनीतिक प्रयास भइरहेका अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: २०२६-१०-२६ , समय : १९:०१:०९ , ३ घन्टा अगाडि