रुपन्देही खबर , ४३ पटक हेरिएको
भैरहवा ,कार्तिक २०
सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउँदै गरिएको अन्दाजी ४ लाख २ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा र सो सामान ओसार्न प्रयोग गरिएको नम्बर नखुलेको भारतीय मोटरसाइकल बरामद गरिएको छ। बरामद गरिएका लत्ताकपडा र मोटरसाइकलसहित कुल ५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको सामान आवश्यक कारबाही तथा भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-११-०६ , समय : १०:२७:३४ , २४ मिनेटutes अगाडि