सिँचाइ सुविधा विस्तार गर्न लुम्बिनी सांस्कृतिक–२ का कृषकलाई ५० प्रतिशत अनुदानमा मोटर वितरण

रुपन्देही खबर , ३२  पटक हेरिएको

लुम्बिनी, कार्तिक १९

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ को वडा कार्यालयले कृषकलाई ५० प्रतिशत अनुदानमा सिँचाइ मोटर वितरण गरेको छ। कृषि उत्पादन वृद्धि र कृषकलाई सिँचाइमा सहज पहुँच पुर्‍याउने उद्देश्यले वडा कार्यालयको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत मोटर वितरण गरिएको हो। वडा अध्यक्ष ईनामुल्लाह फकिरको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाभित्रका कृषकलाई सिँचाइ मोटर वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष फकिरले कृषि क्षेत्रको विकास र उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउन वडा कार्यालय प्रतिबद्ध रहेको बताउनु भयो । उहाले सिँचाइ सुविधाको अभावमा कृषकले खेतीपातीमा भोग्नुपर्ने समस्या न्यूनीकरण गर्न अनुदानमा मोटर वितरण गरिएको उल्लेख गर्दै प्राप्त उपकरणको सही सदुपयोग गर्न कृषकलाई आग्रह गर्नु भएको छ ।

उहाले भन्नु भयो “कृषि उत्पादन वृद्धि र कृषकलाई खेतीपातीमा सहजता प्रदान गर्न वडा कार्यालयले ५० प्रतिशत अनुदानमा सिँचाइ मोटर वितरण गरेको हो। कृषकले प्राप्त उपकरणको सही उपयोग गरी उत्पादन बढाउन योगदान पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ।”

वडा अध्यक्ष फकिरले आगामी दिनमा पनि कृषकका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर कृषि क्षेत्र लक्षित थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अनुदानमा सिँचाइ मोटर उपलब्ध भएपछि कृषकलाई खेतबारीमा सिँचाइ गर्न सहज हुने र कृषि उत्पादन बढाउन सहयोग पुग्ने वडा कार्यालयको अपेक्षा छ।

 

 

 

 

 

ऋयलखभचत तय एम्ँ

प्रकाशित मिति: २०२६-११-०५ , समय : २२:१७:५८ , १३ मिनेटutes अगाडि