कांग्रेस क्षेत्र नम्बर ३ द्वारा निर्वाचित पदाधिकारी तथा सदस्य सम्मानित

दिपावली, छठ पर्व तथा नेपाल संम्बतको शुभकामनासहित भैरहवामा सम्मान तथा शुभकामना आदानप्रदान

रुपन्देही खबर , ६१  पटक हेरिएको

भैरहवा, कार्तिक १८

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहमा सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसर पारेर मंगलबार भैरहवामा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडा, नगर, प्रदेश, क्षेत्रीय र केन्द्रीय तहमा निर्विरोध तथा बहुमतसहित निर्वाचित नेता–कार्यकर्तालाई सम्मान गरिएको हो ।

क्षेत्रीय सभापति अधिवक्ता पूरनप्रसाद श्रेष्ठको सभापतित्व तथा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि, वडा कार्यसमिति, नगर समिति, प्रदेश कार्यसमिति, क्षेत्रीय कार्यसमिति र केन्द्रीय तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै, पार्टीको आन्तरिक निर्वाचनबाट निर्वाचित नेता तथा कार्यकर्तालाई बधाई दिँदै सबैलाई समेटेर संगठनलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील गुरुङले शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको नेपाली समाजमा चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै, पार्टीको आन्तरिक निर्वाचनबाट निर्वाचित सबै तहका नेता तथा कार्यकर्तालाई बधाई दिँदै संगठनलाई थप सुदृढ बनाउन एकता, सहकार्य र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै, नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाणले शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले चाडपर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना बलियो बनाउने बताउनुभयो । साथै, पार्टीको आन्तरिक निर्वाचनबाट निर्वाचित नेता तथा कार्यकर्तालाई बधाई दिँदै पार्टी संगठनलाई जनतासँग जोड्न र संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन सबै तहका नेता तथा कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवं नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति अधिवक्ता पूरनप्रसाद श्रेष्ठले शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभयो । उहाँले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहमा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीलाई थप संगठित, एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउन सबै नेता तथा कार्यकर्ताबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का सभापति उमाकान्त चापागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव प्रेम पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२६-११-०४ , समय : १०:०४:४७ , ४५ मिनेटutes अगाडि