rupandehi khabar , ४४३ पटक हेरिएको
गण्डकी, बैशाख २९
गण्डकी प्रदेशमा थप चार मन्त्रीले शपथ लिएका छन । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्नु भएको हो । कांग्रेसबाट दीपेन्द्रबहादुर थापा, महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिनु भएको छ भने माओवादीबाट रेशम जुग्जालीले शपथ लिनु भएको छ । गत वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिएका पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नु भएको थियो । पाण्डेसहित गण्डकीमा कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशिला सिंखडा मन्त्री बन्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०५-१२ , समय : १७:५१:१५ , ३ वर्ष अगाडि