३०२ औं पृथ्वी जयन्तीको अवसरमा भैरहवामा दिप प्रज्वलन

उर्मिला यादव यात्री , ७८  पटक हेरिएको

भैरहवा, पुस २६

३०२ औं पृथ्वी जयन्तीको अवसरमा आज भैरहवामा दिप प्रज्वलन गरीएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ आखाअस्पताल अगाडी पृथ्वीचौकमा श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरी आज एक कार्यक्रममा बिच दिप प्रज्वलन गरीएको हो ।

भोलि पुस २७ गते ३०२ औं पृथ्वी जन्मजयन्तीको अवसरमा भैरहवामा नगरपरिक्रमा गरी भब्य रुपमा पृथ्वी जयन्ती मनाउने पृथ्वी जयन्ती समारोहका अध्यक्ष हिरा बहादुर शाहले बताउनु भएको छ । उहाले भोलि बिहान साढे ९ बजे देवकोटा चोकमा जम्मा भएर नगरपरिक्रमा गरी पृथ्वीचोकमा कोणसभा गरी पृथ्वी जयन्ती मनाउने बताउनु भएको छ । उहाले नगरबासीहरुलाई कार्यक्रममा सरिक हुन आग्रह समेतगर्नु भएको छ ।

यस्तै गरी दिप प्रज्वलन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नारायण प्रसाद उपाध्यायले अबदेखी पृथ्वी नारायण शाहको जन्म जयन्ती हरेक बर्ष पृथ्वीचोकमा मनाउने प्रतिबद्धता गर्नु भएको छ । यस्तै गरीशिव सेना नेपालका शिव बस्यालले पृथ्वी जयन्तीको उपलक्ष्यमा दिप प्रज्वलन गरीएको बताउनु भएको छ । उहाले पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा आखा अस्पताल लाइन अगाडी पृथ्वी चोकको उदघाटन समेत गर्ने जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-११ , समय : २०:२७:४० , ३ महिना अगाडि