गोपाल सेवा समिती सियारीद्धारा खिचडी महोत्सव बिरहा मुकाबला तथा जेष्ठ नागरीक सम्मान

उर्मिला यादव यात्री , ३११  पटक हेरिएको

भैरहवा, माघ २

गोपाल सेवा समिती सियारीले मकर संक्रान्तिको अवसरमा खिचडी महोत्सव बिरहा मुकाबला तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संयोजक सुरेश यादवको अध्यक्षता तथा पुर्व कृषि सहकारी मन्त्री तथा संबिधान सभा सदस्य ओमप्रकाश यादव गुल्जारीको प्रमुख आतिथ्यतामा सोमबार सियारी ३ भैसाखादरमा खिचडी महोत्सव बिरहा मुकाबला तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम २०८० सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै पुर्व कृषि सहकारी मन्त्री तथा संबिधान सभा सदस्य ओमप्रकाश यादव गुल्जारीले भैसाखादरमा गरीएको यस कार्यक्रमले सम्पुर्ण जातजातीलाई समेटेकोले यो एकदमै महत्वपुर्ण कार्यक्रम भएको बताउनु भएको छ । उहाले जनसंख्याको हिसाबमा यादव समुदायको बाहुल्यता भए पनि संबिधानमा सरकाले यो समुदायलाई उपेक्षित गरेको गुनासो गर्नु भएको छ । उहाले यादव समुदायको धर्म संस्कृति, भेषभुषा लगायत उनीहरुको पहिचानलाई नै सरकारले मेटाएको आरोप लगाउनु भयो । उहाले नेपालमा यादव समुदायको इतिहास नै रहेको भए पनि यसलाई मेटाउन बिभिन्न किसिमका षडयन्त्र नै रचिएको बताउनु भएको छ । उहाले सरकारले हरेक जातीलाई समान रुपमा हेर्नुपर्नेमा जोड दिनु भएको छ ।

उहाले अब यदुबंशी समुदायलाई एकताको सुत्रमा जुटनलाई आग्रह गर्नु भएको छ । उहाले यादवहरुको हक अधिकार, आफनो भेषभुषा, धर्म संस्कृतिको संरक्षणका लागी भए पनि संबिधान पुन संशोधन गर्नुपर्ने उल्लेख गर्नु भयो । उहाले संबिधानमा जनजाति , मुश्लिम , दलित , इत्यादिको बिषयमा ब्याख्या गरिएको छ भने यादव समुदायलाई किन समेटिएको छैन भन्दै प्रश्न गर्नु भएको थियो । उहाले यस बिषयमा सबै मिलेर आवाज नै उठाउनु पर्ने जिकिर गर्नु भएको छ । उहाले हरेक जातजाती आफनो हक अधिकारका लागी आवाज उठाउनुपर्ने बताउदै संबिधानमा हरेक जातजातीको हकअधिकार समेटिनुपर्नेमा जोड दिनु भएको छ । बिना संगठनको संर्घष हुन नसक्ने र बिना संर्घष मुक्ति र आजादी हुन नसक्ने बताउदै सम्पुर्ण समुदायलाई एकजुट हुन आग्रह गर्नु भएको छ । उहाले जुन जुन समुदायलाई सरकारले बिभेद गरेको छ त्यो सबै समुदाय मिलेर मुक्ति आन्दोलन सरकार बिरुद्ध गर्नुपर्ने जोड दिनु भएको छ ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानले आफनो भाषा, धर्म र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनु भएको छ । उहाले बिरहा गीतमा हाम्रो समाजमा रहेका बिभिन्न किसिमका संस्कृति, रितिरिवाज बिरहा गीत मार्फत गाइने र यसमा समाजको चित्रणहरु झल्किने हुदा यसको संरक्षणमा ध्यान दिनुपर्ने उल्लेख गर्नु भएको थियो । यस्तैगरी सियारी गाउपालिका अध्यक्ष थानेश्वर घिमिरेले बोल्दै सियारी गाउपालिकामा समेत बिरहा गीतको संरक्षण गर्दै आगामी दिनमा पालिकाको सहयोगमा बिरहा मुकाबला कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

सियारी गाउपालिका वडा नम्बर ३ का पुर्व वडाध्यक्ष घिसन अहिर यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा संबिधान सभा सदस्य सोनिया यादव,
सियारी गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम अहिर यादव, नेपाल दलित एनजियो फेडरेसनका राष्ट्रिय अध्यक्ष बुद्धिराम हरिजन , गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादव लगायतले बोल्दै हरेक समुदाय बिच एकताको आवश्यकता रहेको जोड दिनु भएको थियो भने कार्यक्रमको उदेश्य माथि कार्यक्रम संयोजक सुरेश यादवले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा ३ सय जना भन्दा बढी जेष्ठ नागरीकहरुलाई दोसल्ला ओढाइ सम्मान समेत गरीएको थियो भने गोपाल सेवा समिती सियारीको बिकासका लागी चन्दा दिएर योगदान पुरयाएका चन्दादाता समेतलाई दोसल्ला ओढाइ सम्मान गरीएको थियो । यस्तै गरी कार्यक्रममा स्थानिय कबि तथा शिक्षक उमेश यादवलाई समेत सम्मान गरीएको थियो । बिरहा मुकाबला कार्यक्रममा बिरहा गायक प्रमोद लाल यादव र गायिका प्रियंका यादव बांगीको प्रस्तुती रहेको थियो । भने कार्यक्रम संचालन संदिप यादवले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-१६ , समय : १८:४२:४८ , ३ महिना अगाडि