२६४७ औ थारु नयाँ बर्ष तथा माघी पर्व धुमधामका साथ मनाइयो

पार्वती थारु , २७३  पटक हेरिएको

तिलोत्तमा, माघ २

तिलोत्तमा नगरपालिकामा विभिन्न जातजातिको आ आफ्नो भेषभुषा तथा संस्कृति र पहिचान रहेकाले सबै समुदायको पहिचान र संस्कृति संरक्षणमा नगरपालिका सधै तयार रहेको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाले सबैको धर्म सस्कृति संरक्षण र प्रवर्धनका लागी नगरपालिका नगर वासीको साथमा रहेको बताउदै नगरवासीको साथ र सहयोग पनि आवश्यक रहेको उपप्रमुख चौधरीले बताउनु भयो । २६४७ औ थारु नयाँ बर्ष माघी पर्व खिचडीको अवसरमा सोमबार करौजियमा आयोजना गरिएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । तिलोत्तमा १३ करौजिया भएको खिचडी कार्यक्रममा न्यू सिटि युवा कल्ब अध्यक्ष तेत्रा चौधरीको आतिथ्य्तामा भएको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालीकाका मेयर राम कृष्ण खाण , नगर उपप्रमुख जागेशवर देवि चौधरी , तिलोत्तमा वडा न १३ का वडा अध्यक्ष नारायण ढकाल, तिलोत्तमा पुर्व कार्यपालिका सदस्य एच बी रम्तेल, राष्टिय जनमुक्ति पार्टी लुथम प्रदेश नं ५ का अध्यक्ष झमबहादुर गुरुङ, तिलोत्तमा नगरपालिका वडा नं ६ का अध्यक्ष गणेश पाठक, वडा न) १४ का आश्विन पौडेल, तिलोत्तमा नगरपालिका थारु कल्याणकारिणी सभा तिलोत्तमा नगरका अध्यक्ष आशा कुमारी चौधरी लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मयुर नाच, सगै थारु झाकीँ, थारु नृत्य तथा विभिन्न कलाकारको प्रस्तुती रहेको थियो । २६४७ औ थारु नयाँ बर्ष माघी पर्व खिचडीेको अवसरमा आयोजना गरिएको १७ औ महोत्सब तथा सास्कृतिक कार्यक्रम २०८० सोमबार भव्य रुपमा सम्पन्न छ । कार्यक्रमको सन्चालन राजन चौधरी र अमर चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-१६ , समय : १९:५१:०४ , ८ महिना अगाडि