महिला कानूनी अधिकार सम्बन्धि तालिम कृष्णनगरमा सम्पन्न

रुपन्देही खबर , २१४  पटक हेरिएको

कृष्णनगर, माघ १२

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीमा महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम आज एक कार्यक्रमका बिच समापन गरिएको छ।

कार्यक्रममा बाल विवाह बिरूद्ध कानूनी प्रावधान, महिला हिंसा तथा घरेलु हिंसा भएमा कानूनी प्रावधान , भ्रूण पहिचान विरूद्ध कानूनी प्रावधान, मुलुकी ऐन, तथा हिंसा भएमा कहाँ र कहिले उजुरी दिने जस्ता कुरामा सहभागी महिला लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी बरिष्ठ नायब निरिक्षक ऋषि पछाईले सहजीकरण गर्नु भएको थियो । संविधानमा महिला सम्बंधि हक, न्यायिक समितिको काम कर्तव्य अधिकार, वहुविवाह, दाइजो प्रथाले समाजमा पारेको प्रभाव लगायतका बिषयको बारेमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।

तालिममा सहभागीहरूले महिलाको हक अधिकार सम्बंधि कानूनको बारेमा विस्तृत जानकारी दिएकोमा हार्दिक आभार व्यक्त गर्दै गाँउ घरमा गएर समेत कानूनी प्रावधान सम्बंधि जानकारी दिने सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए।

कृष्णनगर नगरपालिकाको आयोजनामा संचालित दुई दिने तालिममा चालीस जना महिलाहरूको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०१-२६ , समय : १७:००:२३ , ३ महिना अगाडि