जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा पुनः राम अवतार यादव

रुपन्देही खबर , ४९  पटक हेरिएको

कपिलवस्तु, असोज १९

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच लुम्बिनी प्रदेश समितिको पार्टी समायोजन सम्पन्न भएको छ । समायोजनपछि जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका राम अवतार यादव पुनः चयन हुनुभएको छ ।

कपिलवस्तुमा आइतबार सम्पन्न समायोजन कार्यक्रममा यादवको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।नयाँ कार्यसमितिको प्रदेश उपाध्यक्षमा पश्चिम नवलपरासीका नगेन्द्र अग्रहरी, रुपन्देहीकी सुशीला यादव, बाँकेका बाबु खाँ पठान र अरविन्द शर्मा, पश्चिम नवलपरासीका चन्द्रधामा हरिजन तथा कपिलवस्तुका शिवपुजन यादव चयन हुनुभएको छ ।

त्यस्तै मुख्य सचिवमा दाङका शिवकुमार चौधरी चयन हुनुभएको छ । सचिवमा रुपन्देहीका मोहम्मद अली फकिर, पश्चिम नवलपरासीका सुनिल पटवा, रुपन्देहीका इनामूल्ला फकिर, पश्चिम नवलपरासीकी निरु गैरे, बर्दियाकी सुमित्रा थारु र कपिलवस्तुका रामरेखा यादव रहनुभएको छ ।

कोषाध्यक्षमा रुपन्देहीका नसिम अख्तर चयन हुनुभएको छ । जसपा नेपाल र लोसपाबीचको समायोजनपछि लुम्बिनी प्रदेशमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले नयाँ कार्यसमिति गठन गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-१०-०५ , समय : ०९:२४:१० , ५७ मिनेटutes अगाडि