बैदेशिक रोजगारमा आकर्षण बढदै ,लुम्बिनी प्रदेशमा रुपन्देही अग्र स्थानमा

पुस मसान्त सम्ममा रुपन्देहीबाट ११ हजार नागरिकले लिए श्रम स्वीकृति

उर्मिला यादव यात्री , ९८६  पटक हेरिएको

भैरहवा, माघ १७

मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण बैदेशिक रोजगारी प्रति आकर्षण बढदै गएको छ । नेपालबाट श्रम स्वीकृति लिएर बैदशिक रोजगारमा जानेको संख्या ७१ लाख नाघिसकेको सुरक्षित आप्रावासन सामी परियोजना रुपन्देहीले जानकारी दिएको छ । हाल दैनिक सरदर २ हजार २ सय जना बैदेशिक रोजगारीमा जाने गरेको बैदेशिक रोजगार बिभागको तथ्यांकमा उल्लेख छ । सिद्धार्थनगर नगरपालिका रुपन्देही अन्तर्गत रहेर संचालित सुरक्षित आप्रवासन सामी कार्यक्रमले आज भैरहवामा आयोजना गरेको सुरक्षित बैदेशिक रोजगारीका लागी प्रहरी संग अन्तरक्रिया कार्यकममा सुरक्षित आप्रवासन सामी कार्यक्रमका कार्यक्रम संयोजक सीता पन्थले कार्यक्रमको सहजीकरण गर्दै आर्थिक बर्ष २०७९, ८० मा श्रम स्वीकृति ७ लाख ७१ ह्जार ३ सय २७ जनाले लिएको जानकारी दिनु भएको छ । जसमा ७२ हजार १ सय ३४ महिला ९.३५ प्रतिशत , पुरुष ६ लाख ९९ हजार १ सय ९३ जना ९०.६५ प्रतिशतले श्रम स्वीकृति लिएका छन ।

यस्तै गरी लुम्बिनी प्रदेशबाट आर्थिक बर्ष २०७९,८० मा १ लाख ३६ हजार १ सय २८ जनाले श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएको कार्यक्रम संयोजक सीता पन्थले जानकारी दिनु भएको छ । जसमा १ लाख २८ हजार ४३ जना पुरुष र ८ हजार ८५ जना महिला रहेका छन ।

कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम प्रदेश कार्यक्रम अधिकृत जियाउल हकले आर्थिक बर्ष २०७९,८० मा रुपन्देहीबाट २३ हजार २ सय ५९ जनाले श्रम स्वीकृत लिएको जानकारी दिनु भएको छ । उहाका अनुसार रुपन्देहीमा आर्थिक बर्ष २०८०,८१ पौष मसान्त सम्ममा १० हजार ९ सय ९४ जनाले श्रम स्वीकृत लिएर बैदेशिक रोजगारीमा गएका छन ।

आर्थिक बर्ष २०७९।८० मा बैदेशिक रोजगारीबाट १२ खर्ब ,२० अर्ब, ५६ करोड बिप्रेषण भित्रिएको छ । जुन ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा विप्रेषण प्राप्त भएकोे छ । जुन कुल ग्राहस्थ उत्पादनको करिब २३ प्रतिशत हो । यसले गरिबी न्युनीकरणमा महत्वपुर्ण योगदान पुरयाएको छ भने शिक्षा स्वास्थ्य लगायतको क्षेत्रमा पहुंच बृद्धि हुनुका साथै महिलाको नेतृत्वमा बिकास भएको बैदेशिक रोजगारीको तथ्यांकमा उल्लेख छ ।
बैदेशिक रोजगारीबाट सकरात्मक प्रभाव परेका छन भने एकातिर यसबाट बिभिन्न किसिमका जटिल समस्याहरु समेत उत्पन्न भएका छन । आर्थिक बर्ष २०७९,८० मा ७ लाख ७१ हजार ३ सय २७ जना बिदेश गएकोमा १ हजार ६२ जनाको बिदेशमा नै मृत्यु भएको बैदेशिक रोजगार बिभागको तथ्यांकमा उल्लेख छ भने ३३५ जना अंगभंग भएका छन ।यस्तै गरी आर्थिक बर्ष २०८०। ८१ मा २५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । रुपन्देहीमा आर्थिक बर्ष २०७९, ८०मा १३४ जनाको बिदेशमा मृत्यु भएको बैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ ।


बैदेशिक रोजगारीमा ठगीको क्रम बढदो मात्रामा रहेको छ । प्रमाणहरु नहुदा यस्ता समस्याहरु समाधान गर्न समस्या रहेको छ । बैदेशिक रोजगारीमा जादा यसबारे पुर्ण जानकारी लिएर मात्र जानुपर्ने बिषयमा छलफल गरिएको थियो । बैदेशिक रोजगारीमा जादा धेरै मानिसहरु ठगिने भएकोले ठगीमा परेका ब्यक्तिलाई कसरी न्याय दिन सकिन्छ भन्ने बिषयमा छलफल समेत गरिएको थियो ।

कार्यक्रममा सामी परियोजना लुम्बिनी प्रदेशका ब्यवस्थापक पंचराम चौधरी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयाल सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले बोल्दै बैदेशिक रोजगारीका बिषयमा स्थानिय तह लगायत बिभिन्न संघ संस्थाहरुलाई समन्वय गरेर काम गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बैदेशिक रोजगारीलाई शोषणरहित बनाउन नेपाल प्रहरीको भुमिकाका बिषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सबिता जिसीले सहजीकरण गर्नु भएको थियो ।

भने कार्यक्रम संचालन सुरक्षित आप्रवासन सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत रुबिता पुलामीले गर्नु भएको थियो । कार्यक्रम सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सुरक्षित बैदेशिक रोजगारीका लागी प्रहरी संग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०१-३१ , समय : २०:१०:२५ , २ महिना अगाडि