ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध

रुपन्देही खबर , २६  पटक हेरिएको

असोज १९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन् ।अमेरिकामा एक महिनापछि हुने मध्यावधि चुनावको पूर्वसन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध २ करोडभन्दा बढी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ठ ९० डलर सहयोग दिने घोषणा गर्नुभएको हो ।

ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप छ । उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दाबी गरेका रोयटर्सले जनाएको छ ।

ट्रम्पले यो रकम मेडिकेयर सुधार कोषमार्फत उपलब्ध गराउने बताउनुभएको छ । ह्वाइट हाउसले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरणअनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको सुरुवातमै ९० डलर सोझै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् ।

इन्धनको मूल्यवृद्धि र न्यून जनसमर्थनको सामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई ५ हजार डलरसम्म दिने जस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नुभएको छ । अमेरिकामा आउँदो नोभेम्बरमा अमेरिकामा मध्यावधि चुनाव हुँदैछ ।

प्रकाशित मिति: २०२६-१०-०५ , समय : ०८:३९:०५ , १ घन्टा अगाडि