ट्र्याक्टरबाट खसेर रोटाभेटरमा परेकी तीन वर्षीया बालिकाको मृत्यु

रुपन्देही खबर , ९  पटक हेरिएको

रुपन्देही, मंसिर २

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ भैसागाहनमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर रोटाभेटरमा परेकी तीन वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बेलाल मुसलमानकी तीन वर्षीया छोरी ईकरा मुसलमान रहेकी छन्। मंसिर १ गते साँझ करिब ५ बजे बेलाल मुसलमानको खेतमा जोताइ गर्ने क्रममा उक्त दुर्घटना भएको हो।

स्थानीयवासीका अनुसार लु ४ ता १७०४ नम्बरको ट्र्याक्टर खेत जोत्न जाने क्रममा बालिका ईकराले पनि आफूसँगै जाने जिद्दी गरेपछि ट्र्याक्टरमा लगिएको थियो। खेत जोत्ने क्रममा अचानक ट्र्याक्टरबाट खसेकी बालिका पछाडिपट्टि जडान गरिएको रोटाभेटरमा परेकी थिइन्। रोटाभेटरमा परेर गम्भीर घाइते भएकी उनको मृत्यु भएको स्थानीयले बताएका छन्।

दुर्घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पुर्‍याइएको जनाइएको छ। ट्र्याक्टर चालकको नाम तथा पहिचान खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। बालिकाको असामयिक निधनले स्थानीय क्षेत्रमा शोक छाएको छ।

प्रकाशित मिति: २०२६-११-१८ , समय : ११:३१:२३ , १६ मिनेटutes अगाडि