रुपन्देही खबर , ६ पटक हेरिएको
काठमाण्डाै,मंसिर २
नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत गाडी तेर्स्याउनेमाथि कारबाही नहुनु, पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनबापतको रकम नदिइएकोजस्ता कारणले महासङ्घले आन्दोलन घोषणा गरेको हो ।
यस्ता छन् आन्दोलनका कार्यक्रम –
- मङ्सिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने
- मङ्सिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टी प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने
- मङ्सिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने
- मङ्सिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध सङ्घ–सङ्गठनसँग छलफल गर्ने
- मङ्सिर ९ गते जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने
- माग पूरा नभए थप आन्दोलन तय गर्ने

प्रकाशित मिति: २०२६-११-१८ , समय : १०:४७:२५ , ४४ मिनेटutes अगाडि