पत्रकार महिलाहरुकाे लागी क्षमता अभिवृद्धि तालिम आजदेखि बाकेमा सुरु

रिया क्षेत्री , ६७२  पटक हेरिएको

बाके , जेठ २८

पत्रकार महिलाहरूकाे क्षमता अभिवृद्धिका लागि दुई दिने तालिम बाकेमा सुरू भएकाे छ । विकास, सुशासन र समावेशी पत्रकारिता विषयक तालिममा दाङ ,बाके ,बर्दीया ,प्युठान,राेल्पा रुकुम गरि ६ जिल्लाका पत्रकार महिलाकाे सहभागितामा दुई दिने तालिम आजदेखी बाकेकाे नेपालगन्जमा सञ्चालन भएकाे छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशकाे आयाेजनामा भएकाे कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशले समन्वय गरेकाे हाे । विभिन्न जिल्ला बाट करिब ५० जना पत्रकार महिलाहरुकाे सहभागी रहेकाे थियाे ।

कार्यक्रमकाे पहिलाे दिन बाकेका स्वास्थ्य कार्यालय अधिकृत नरेश श्रेष्ठले प्रजनन स्वास्थ्य परिवार याेजना र सुरक्षित मातृत्व विषयलाई जाेडेर पत्रकार महिलाहरु सगँ अन्तरक्रिया गर्दै कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

त्यस्तै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले विकास सुशासन र समाबेशीतामा पत्रकारिता लाई जाेड्दै तालिममा प्रशिक्षण दिएका थिए ।

महिलहरुकाे लागी समस्या मात्रै नभई क्षमता वृद्धि गर्न सके प्रचुर सम्भावना र अवसरहरू पनि प्रसस्त भएकाे बताउँदै आफू आफैमा सक्षम र निर्भर भएर काम गर्न सुझाव दिदैँ सिकाइ निरन्तर गर्दै गएमा प्रभावकारी हुने उद्धश्यले सञ्चारिकाले पत्रकार महिला लक्षीत तालिम सञ्चालन गरेकाे हाे ।

सहभागीहरुले तालिम प्रयाेगात्मक र प्रभावकारी भएकाे बताउँदै आगामी दिनमा पनि यसैगरी प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गर्न उपस्थित पत्रकारहरुले आग्रह गरेका थिए । उक्त कार्यक्रम आइतबार सम्म सञ्चालन हुनेछ ।

 

सञ्चारिका समूह नेपाल लुम्बिनीका प्रदेशका अध्यक्ष अमृता अनमाेलले पत्रकार महिलाहरुका लागि क्षमता अभिवृद्धि आजकाे आवश्यकता रहेकाे बताउदैँ कार्यक्रममा मुख्य भुमिकाकाे रुपमा कार्यक्रम सहजीकरण गरेकी थिइन् ।

प्रकाशित मिति: २०२२-०६-११ , समय : २०:१७:५२ , २ वर्ष अगाडि