भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सुरु

उर्मिला यादव , ४५०  पटक हेरिएको

भैरहवा, फागुन ४

महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ रुपन्देहीको भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० शुक्रबार देखि सुरु भएको छ । महिला उद्यमीको बिकास, बिस्तार एवम प्रवद्र्धनका साथै महिला सशक्तिकरणमा सहयोग पुरयाउने उदेश्यले आयोजना गरिएकोे सम्मेलनमा महिला उद्यमशिलता र नतिजा, बित्तिय पहुच, पर्यटनका सम्भावना र चुनौती , युवा महिला, स्टार्टअपका लागी गरिएका पहल साथै भएका ब्यवस्था लगायतका ५ बिषयमा बिज्ञहरुसंग छलफल गरि समाधान खोज्ने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सरकारको निती तथा देशभरिका वित्तिय संस्थाका व्यवस्थामा अझैपनि महिलाको पहुंच हुन नसकेकाले महिला उद्यमशिलता बढ्न नसकेको कार्यक्रमको प्रारम्भिक निष्कर्ष रहेको छ ।

कार्यक्रमको उदघाट्न गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले प्रदेश सरकारको निती तथा कार्यक्रममा स्थानिय उत्पादनलाई ब्रान्डिंग, गर्दै बजार ब्यवस्थापन गरी दुई लाख युवालाई रोजगारी दिने उदेश्यका साथ काम गरेको बताउनु भएको छ । गृहमन्त्री पाण्डेले महिला उद्यमीहरुका लागि प्रदेश सरकारले सहकार्य गर्ने बताउदै यसबारे प्रस्ताव पेश गर्न आग्रह समेत गर्नु भएको छ । उहाले सम्मेलनबाट निष्केका निष्कर्षलाई प्रदेश सरकारले आगामी निति तथा कार्यक्रममा समेट्ने बताउनु भएको छ । उहाले सकरात्मक सोचका साथ अगाडी बढन आग्रह गर्दै उद्यमी महिलाहरुको नेतृत्वले गर्दा नै देश बिकासमा महत्वपुर्ण योगदान पुगेको उल्लेख गर्नु भएको छ ।

सम्मेलनमा कार्यक्रमको संयोजक समेत रहनु भएको नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी विकास समितिकी संयोजक कमला श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंघले पहिलो पटक राष्ट्रिय महिला उद्यमी सम्मेलनको आयोजना गरेको र यसको मूख्य उद्देश्य नै देशैभरि छरिएर रहनुभएका महिला उद्यमीहरुको पहिचान र उत्पादित बस्तुहरुको बजारीकरण गर्नु रहेको बताउनु भएको छ ।

श्रेष्ठले महिला उद्यमीहरुको चुनौती, ब्यवसाय गर्दा आएका समस्याहरुको समाधान निस्किने गरि छलफल गरिने बताउनु भएको छ । सम्मेलनमा बिभिन्न ५ बुंदामा प्यानल बनाई छलफल गरिने र त्यसको निचोडलाई दस्तावेजको रुपमा सरकार समक्ष पेश गरिने उहाले जानकारी दिनु भएको छ । घरायसी कामकाजमैं सिमित हुने गरेका महिलालाई उद्यमी बन्ने अवसर प्रशस्त हुँदा पनि महिला उद्यमीको रुपमा अगाडि बढ्न नसकेको बताउनु भएको छ । उहाले उद्यमशिलताका लागि अवसर दिइँदा पनि घरबाट निस्किन नचाहने र निस्कन चाहे पनि एक्लै आउन नचाहने समस्या रहेकोले त्यस्ता महिलालाइ सशक्तिकरण गराई शिक्षासहितको आत्मबल प्रदान गर्नु पनि सम्मेलनको उद्देश्य रहेको जोड दिनु भएको छ ।

नेपालको अर्थतन्त्रमा महिलाहरुको पूर्ण रुपमा सहभागीता होस भन्ने अपेक्षा राखेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनु भएको छ । महिलाहरु किन ओझेलमा परेको र उहाहरुलाई काम गर्ने वातावरण किन बन्न सकेको छैन भन्ने पहिचान गरि काम गर्ने वातावरण तयार गर्नु नै सम्मेलनको उद्देश्य रहेको बताउनु भयो ।
उद्यमशिलताको क्षेत्रमा महिला उद्यमीहरुको पहुँच नदेखिएको अवस्थामा यो सम्मेलनले महिला उद्यमीलाई उर्जाशिल बनाउने शर्माको भनाई छ । सम्मेलनमा सात वटै प्रदेशका महिला उद्यमीहरुको सहभागीता रहेको हुदा यसले उनीहरुबाट उत्पादित बस्तुहरुको बजारीकरणमा सहयोग पुग्ने शर्माले बिश्वास ब्यक्त गर्नु भएको छ ।

महिलाको नाममा घरजग्गा राख्दा छुट दिने योजना सफल भएको र करिब ३० प्रतिशत घरजग्गा महिलाको नाममा आएको छ । तर उद्यमशीलतामा दिइएको छुटले नतिजा दिन नसकेको कार्यक्रमका वक्ताहरुले बताएका छन । दर्तामा राजश्व केहि छुट भएपनि व्यवसाय निरन्तरताका लागि सहुलियत दिन नसकेको उनिहरुको जिकिर रहेको छ । सहुलियत कर्जा पनि रोकिएको तर व्यवसाय निरन्तर चल्ने प्रक्रिया भएकोले नीतिगत स्थायित्व आवश्यक रहेको उनीहरुले बताएका छन ।

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुदै जादा विशेषगरि युरोप र अन्य विकसित मुलुकहरुमा नेपालले पाइरहेको भन्सार रहीत सुविधा बन्द हुने बताउनु भएको छ । यसबाट साना र विशेषगरि महिला उद्यमीहरु बढि प्रभावित हुने उहाको तर्क रहेको छ । “वैदेशिक रोजगारबाट हुने आयसगै पर्यटनको पनि मुख्य रहेकोले पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता र सुरक्षा पनि चासोको विषय हो ।” श्रेष्ठले भन्नु भयो “यी बिषयलाई हामीले सम्बोधन गर्नुपर्छ र सम्मेलनमा यो बिषय समेट्ने प्रयास गरेका छौं ।”
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी विकास समितिकी संयोजक कमला श्रेष्ठको स्वागत मन्तब्य रहेको सम्मेलनमा बुटवल उपमहानगर पालिकाका उपप्रमुख साबित्रा अर्याल, लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब ३ सय जना महिला उद्यमी ब्यवसायीहरुको सहभागिता रहेको छ । सम्मेलनमा सातै प्रदेशका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी सहित प्रायोजकहरु गरी १० वटा स्टल रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०२-१६ , समय : २०:२५:०७ , २ महिना अगाडि