पाल्पामा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार आरोपित पक्राउ

रुपन्देही खबर , ४२०  पटक हेरिएको

बुटवल , जेठ ३१

पाल्पामा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार आरोपित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले रिब्दीकोट गाउँपालिका- १ स्थायी घर भई तानसेन नगरपालिका १४ बस्ने ३९ वर्षीय विष्णु बहादुर विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिनु भएको छ ।

आरोपित विश्वकर्माले पाल्पाको रैनादेवि छहरा गाउँपालिकाकी १४ वर्षीया बालिकालाई यही जेठ २३ गते रिब्दीकोट गाउँपालिका-२ सानोदमकस्थित जंगलमा बलात्कार गरेर फरार भएको प्रहरीले बताएको छ। पीडित बालिकाकी आमाले यही जेठ २४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएकी थिइन्।

विश्वकर्मालाई सोमवार राति १० बजे रिब्दीकोट गाउँपालिका-६ स्थित तल्लो तालबाट इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रवक्ता थापाले बताउनु भएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

प्रकाशित मिति: २०२२-०६-१४ , समय : २०:३३:०७ , २ वर्ष अगाडि