क्युपेक नेपाल सुनवलको अध्यक्षमा पुन: टंक प्रसाद तिवारी

रुपन्देही खबर , १७९  पटक हेरिएको

सुनवल, चैत्र ५

नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल सुनवल १३ को अध्यक्षमा पुन टंक प्रसाद तिवारी निर्वाचित हुनु भएको छ । नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल सुनवल १३ बडेराको दोस्रो अधिवेशनले तिवारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा राजु तिवारी, सचिवमा बिरेन्द्र प्रसाद तिवारी, सहसचिवमा सलिना तिवारी, कोषाध्यक्षमा नन्द नारायण चौधरी निर्वाचित हुुनु भएको छ । यस्तै गरी सदस्यहरुमा भगवती भुषाल, तुलसी चौधरी, भिम बहादुर चौधरी, रुकुम चौधरी रहनु भएको छ भने साल्लाहकारमा भवानी प्रसाद चौधरी, सुुुरेश चौधरी, चन्द्र बहादुर सारुलाई चयन गरिएको छ ।

नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल सुनवल १३ को अध्यक्ष टंक प्रसाद तिवारीको अध्यक्षता तथ क्युपेक नेपालका केन्द्रिय कमिटी सदस्य डिलकराज डुम्रेको प्रमुख आतिथ्यतामा दोस्रो अधिवेशन सम्पन्न भएको हो । क्युपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार भन्ने मुल नाराका साथ सुरु भएको अधिबेशनको उदघाटन गर्दै प्रमुख अतिथि डुम्रेले मजदुरहरु एक भई आफ्नो हक र अधिकारको लागी लड्नुपर्ने बताउनुभएको छ । उहाले सबै मजदुहरुलाई राज्यले सामाजिक सुरक्षामा जोड्न निति ल्याउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा जिफन्ट प्रदेश कमिटी सदस्य तथा नवलपरासी क्युपेक इन्चार्ज गिरिराज भण्डारी, क्युपेक नेपाल नवलपरासी अध्यक्ष रामकुमार थापा, क्युपेक नेपाल नवलपरासी कोषाध्यक्ष सत्यनारायण थारु, क्युपेक नेपाल नवलपरासीसचिव भवानी प्रसाद चौधरी, क्युपेक नेपाल नवलपरासी जिल्ला सदस्य राम भरत यादव , लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । भने कार्यक्रम संचालन सलिना तिवारीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०३-१८ , समय : १९:४१:०१ , ६ महिना अगाडि