तिलोत्तमा उद्योग वाणिज्य संघद्वारा होलीको शुभकामना आदानप्रदान

रुपन्देही खबर , १२२  पटक हेरिएको

तिलोत्तमा, चैत १३

तिलोत्तमा उद्योग वाणिज्य संघले नया बर्ष २०८१ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । होली पर्वको अवसरमा संघले होली मिलन शुभकामना आदान प्रदान संगै भित्ते पात्रोको बिमोचन गरेको छ ।

भित्ते पात्रोको संघका सल्लहाकार कृष्णप्रसाद शर्मा, अध्यक्ष गुणनिधी भन्डारी(माधव), बाणिज्य उपाध्यक्ष हरिलाल पान्डेलगायतले संयुक्तरुपमा बिमोचन गर्नुभयो ।

शुभकामना आदान प्रदान तथा बिमोचन कार्यक्रममा संघका अध्यक्ष गुणनिधी भन्डारी(माधव)ले संघले बार्षिक कार्ययोजना अनुसार प्रत्येक बर्ष होलिकोको अवसरमा भित्ते पात्रोको बिमोचन सङ्गै शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाले होली पर्वले समुदायबीच सद्‍भाव बढाउनुका साथै समुदायलाई एकताबद्ध गर्न र ब्यवसायिक एकतामा समेत टेवा पुर्याउने बताउनु भयो ।

संघका सल्लाहाकार कृष्ण प्रसाद शर्मा, खिमानन्द भट्टराई, उपाध्यक्ष हरिलाल पान्डे, महासचिव राजकुमार पान्डे, कोषाध्यक्ष बिश्नु भन्डारी, एशोसिएट सदस्य किशोर पङ्गेनीलगायतले बोल्दै असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्नुका साथै सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याउने बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०३-२६ , समय : १९:२८:०५ , १ महिना अगाडि