महिला नेतृत्वमंचको आयोजनामा तिलोत्तमामा बाध्यवादन तालिम सम्पन्न

पार्वती थारु , १६५  पटक हेरिएको

भैरहवा, बैशाख १३

महिला नेतृत्व मंचले तिलोत्तमा वडा नम्बर ८ मा एक महिने बाध्यवादन तालिम सम्पन्न गरेको छ । महिला नेतृत्व मंचका अध्यक्ष बाला घिमिरेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम बुधबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख खांणले तिलोत्तमा नगरपालिकाको १७ वटै वडामा सन्चालन गर्ने र यसको समयावधि बढाएर थप बाध्यबाधन सामाग्रीको खरिदको लागि सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

कार्यक्रममा टिमका उपाध्यक्ष चन्दा भुसालको स्वागत मन्तब्य रहेको तालिममा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का वडा सभापती केशव अर्याल, नेपाली कांग्रेस नगर सभापती हरिलाल पान्डे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने प्रशिक्षक दिपा न्यौपानेले तालिमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिती सदस्य महेश केसि, नेपाली काङ्ग्रेस जिल्ला सदस्य राजकुमार वाग्ले , लोक सास्कृतिक मंचका अध्यक्ष सङ्गिता घिमिरे, नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य अनिता बराल , क्रीकेट रंगशाला सदस्य सीता थापा कुवर , प्रशिक्षक वरिष्ठ भजन गायक बिष्णु कडेल लगायतको सहभागिता रहेको थियो ।भने टिमका सचिव कोपिला काफ्लेले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०४-२५ , समय : १९:५४:०४ , ४ हप्ता अगाडि