नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ हुने

रुपन्देही खबर , १४३  पटक हेरिएको

काठमाडौं, बैशाख २०

नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ । बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यस अघि झैँ विधान बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुङ्गो लगाउने निर्णय गरेको छ भने शुक्रवारका लागि महाधिवेशनमा पेश हुने महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित मिति: २०२४-०५-०२ , समय : १९:५५:५३ , २ हप्ता अगाडि