रुपन्देही खबर , ५८ पटक हेरिएको
भैरहवा, असोज ४
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, शान्तिनगर इकाई रुपन्देहीको अध्यक्षमा राजु गुरुङ निर्वाचित हुनुभएको छ। परिषद्को छैटौँ अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा कल्पना गुरुङ, सचिवमा सीताराम गुरुङ, संगठन सचिवमा होमबहादुर गुरुङ, प्रचार सचिवमा भगवती गुरुङ र कोषाध्यक्षमा सुनिलकुमार गुरुङ चयन हुनुभएको छ। सदस्यमा सावन गुरुङ, पुनम गुरुङ, खुसीमान गुरुङ, सीमा गुरुङ र किशन गुरुङ चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष गुरुङले समुदायको धर्म, संस्कार र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संस्थालाई सही दिशामा अघि बढाउँदै कसैको दबाब वा डरमा नपरी समुदायको हित र पहिचान संरक्षणका लागि सक्रिय भएर काम गर्ने बताउनुभयो।
गुरुङले गुरुङ समुदायको मौलिक धर्म, संस्कार, संस्कृति तथा परम्परा संरक्षणमा नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बताउँदै त्यसका लागि संस्थागत रूपमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका जिल्ला अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनमा परिषद्का जिल्ला वरिष्ठ उपाध्यक्ष आशा गुरुङ, नगर अध्यक्ष प्रेमबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन परिषद्का जिल्ला सचिव शेरबहादुर गुरुङले गर्नुभएको थियो। छैटौँ अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले आगामी कार्यकालमा संस्थाका गतिविधिलाई निरन्तरता दिँदै समुदायको धर्म, संस्कार तथा सांस्कृतिक पहिचान संरक्षणका क्षेत्रमा काम गर्ने जनाएको छ।
प्रकाशित मिति: २०२६-०९-२० , समय : ०९:२७:२३ , ४२ मिनेटutes अगाडि