आप्रवासी श्रमिक संजालका पदाधिकारीहरुको क्षमता अभिबृद्धि कार्यक्रम भैरहवामा सम्पन्न

उर्मिला यादव यात्री , ११४  पटक हेरिएको

भैरहवा, जेठ ९

सिद्धार्थनगर नगरपालिका अन्र्तगत रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रमले मंगलबार एक कार्यक्रमका बिच भैरहवामा सुरक्षित बैदेशिक रोजगारीका लागी आप्रवासी श्रमिक संजालका पदाधिकारीहरुको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सहजीकरण गर्दै सुरक्षित आप्रवासी स्रोतकेन्द्र रूपन्देही का कार्यक्रम संयोजक सिता पन्थ भण्डारीले मुलुकमा सिमीत रोजगारीका अवसर ,गरिबी लगायतका कारण बैदेशिक रोजगारी प्रति आकर्षण बढदै गएको बताउनु भएको छ । उहाले हाल दैनिक सरदर १ हजार ९ सय जना बैदेशिक रोजगारमा जाने गरेको बताउदै नेपालबाट श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा जानेको संख्या ७६ लाख नाघिसकेको जानकारी दिनु भयो । पन्थका अनुसार आर्थिक बर्ष २०७९।०८० मा पुन श्रम स्वीकृती गरी ७ लाख ७१ ह्जार ३ सय २७ जनाले श्रम स्वीकृती लिएका छन । जसमा महिला ७२ हजार एक सय ३४, र पूरुष ६ लाख ९९ हजार एक सय ९३ जना रहेको छन ।


यता वैदेशिक रोजगारीमा जानेको संख्या रूपन्देहीमा बढ्दै गएको छ । पन्थका अनुसार आर्थिक वर्ष २०७९।०८० मा २३ हजार २ सय ५९ जनाले तथा चालु वर्षको पुस मसान्तसम्म १० हजार ९ सय ९४ जनाले श्रम स्वीकृति लिएका छन । भने आर्थिक वर्ष २०६४ र २०६५ देखि २०८० पुस मसान्तसम्म रूपन्देहीमा १ लाख ५५ हजार ८ सय १५ जनाले श्रम स्वीकृति लिएको उहाले जानकारी दिनु भएको छ ।
यसरी श्रम स्वीकृति लिएर जानेहरूको अहिले मुख्य गन्तव्य भनेको मलेसिया, कतार, साउदी अरब, कुबेत, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, र माल्दिभ्स लगायतका देश रहेका छन ।
उहाले श्रम स्वीकृती नलिइ बैदेशिक रोजगारीमा जानेको संख्या पनि उल्लेख्य रहेको बताउनु भएको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसा तथा पर्यटक भिसामा गइ त्यतै काम गरेर बस्नेहरुको संख्या पनि अत्यधिक रहेको पन्थ बताउनु भयो । श्रम स्वीकृति नलिइ अवैध रुपमा रोजगारीका लागि विदेश जानेहरूले धेरै दुःख पाउने गरेको र उनीहरूको उद्वार गर्न चुनौती रहेको पन्थले बताउनु भएको छ ।


वैदेशिक रोजगारीमा जानेहरूले सूचना तथा जानकारी अभावले गर्दा वैदेशिक रोजगारीबारे जानकारी नहुनु, अभिमुखीकरण तालिम नपाउने, बीमा, सम्झौता, लागत, कम्पनी देश मेनपावरका विषयमा ज्ञान नहुँदा दुःख पाइरहेकाले यी विषयहरूमा वैदेशिक रोजगारमा जानेहरूका लागि परामर्श सामीले प्रदान गर्दै आएको पन्थले जानकारी दिनु भएको छ । सामीले सूचनामा पहुँच, सीप विकास तालिम, न्यायमा पहुँच, कानूनी सहजीकरण, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता लगायतका विषयमा काम गर्दै आएको पन्थको भनाइ छ ।

कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश कार्यक्रम अधिकृत जियाउल हकले आप्रवासी श्रमिक संजालको परिचय र महत्व, यसको गठन, श्रम तथा रोजगार नीति , स्थानिय सरकार संचालन ऐन २०७४ मा बैदेशिक रोजगार सम्बन्धी गाउपालिका तथा नगरपालिकाको काम,कत्र्तब्यर अधिकार,बार्षिक योजना तर्जुमाका चरणहरु लगायतको बिषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका १३ वटै बडाबाट एक जना प्रतिनिधी हुने गरी आप्रवासी श्रमिक हकहित संजाल समेत गठन गरिएको छ । जसको अध्यक्षमा चन्द्रो कहार, बरिष्ठ उपाध्यक्षमा सिमा तामांग, उपाध्यक्षमा समिर थापा, सचिवमा ब्रिजेश गुप्ता, सहसचिवमा सीता बुढाप्रिती, कोषाध्यक्षमा सबि सिंह रहनु भएको छ भने सदस्यहरुमा नारायण सिंह कार्की, अनुपम गुप्ता, नियास अली, महाबली प्रसाद, र बिना ज्ञवाली रहनु भएको छ । नगरस्तरीय आप्रवासी श्रमिक हकहित संजाल गठन संगै अब जिल्ला स्तरीय पनि गठन गरिने सुरक्षित आप्रवासन सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत रुबिता पुलामीले जानकारी दिनु भएको छ । कार्यक्रममा सहभागिहरुलाई तनाव ब्यवस्थापनका बिषयमा सिद्धार्थनगर नगरपालिकाकी मनोपरामर्श कर्ता मन्जु पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०५-२२ , समय : १०:०४:१० , १ महिना अगाडि