उर्मिला यादव यात्री , २११ पटक हेरिएको
सुनवल,जेठ १३
श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुनवल ७ र ८ नवलपरासीले आफनो आठौं स्थापना दिवस समारोह शनिबार एक कार्यक्रमका बिच मनाएको छ । संस्थाका अध्यक्ष गुप्त बहादुर के.सीको अध्यक्षता तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देही प्रमुख राजकुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी चौधरीले बिश्वमा नै भएको आर्थिक मन्दीका कारण खानेपानी क्षेत्रमा सोचे जस्तो बजेट ब्यवस्थापन गर्न समस्या भएको बताउनु भएको छ । उहाले खानेपानीको २० वटा योजना भएको र यसलाई समानुपातिक रुपमा हेर्नु पर्ने हुदा भएका योजनालाई समानुपातिक रुपमा अगाडी बढाउन चुनौती रहेको उल्लेख गर्नु भयो । उहाले खानेपानी डिभिजन कार्यालय योगीकुटीले २ वटा योजना लिएर अगाडी बढेको बताउनु भएको छ । उहाले खानेपानीको आवश्यकता बढी भएको ठाउ र उपभोक्ताहरु बढी सक्रिय भएको ठाउको पहिचान गरी बजेट ब्यवस्थापन गर्दै आएको बताउनु भएको छ । उहाले बैरागनाथ खानेपानी केन्द्रिय स्तरको योजना भएकोले आगामी आर्थिक बर्षमा यसलाई बढी प्राथमिकतामा राखि आर्थिक बर्ष २०८१ र ८२ सम्ममा ९० प्रतिशत काम सम्पन्न गर्ने गरी बजेट बिनियोजन गर्ने बताउनु भएको छ । उहाले प्रदेश सरकार ग्रामिण सहरी बिकास मन्त्रालयका अनुसार रुपन्देही र नवलपरासीमा कुल ८० प्रतिशत भौतिक प्रगती भएको बताउनु भएको छ । उहाले आउने आर्थिक बर्षमा यो योजना सम्पन्न हुने गरी बजेट ब्यवस्थापनमा समेत आफुले पहल गर्ने बताउनु भएको छ ।
यस्तै गरी श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गुप्त बहादुर के.सीले सुनवल नगरपालिका वडा नम्बर ७ र ८ मा सात हजार घरधुरी र करिब तीस हजार जनसंख्या रहेको यस क्षेत्रमा खानेपानीको समस्या एकदमै बिकराल रुपमा रहेको बताउनु भएको छ । उहाले सुनवल ७र ८ मा भएको खानेपानीको समस्यालाई केही हद सम्म समाधान गर्न सफल भएको जानकारी दिनु भएको छ । उहाले खानेपानीको संस्था स्थापनामा यहाका स्थानियहरुको उत्तिकै भुमिका रहेको उल्लेख गर्नु भयो । उहाले खानेपानी संस्थाको सिमीत बजेटका कारण यसलाई सोचे अनुरुप अगाडी बढाउन नसकिएको बताउनु भएको छ । उहाले जुन लक्ष्य लिएर डिप बोरिंग गाडिए पनि पर्याप्त मात्रामा पानी आउन नसक्दा खानेपानीको समस्या झेल्नु परेको उल्लेख गर्नु भयो ।
उहाले जुन ठाउमा पानी छ त्यहा टंयाकीं छैन जुन ठाउमा टयांकी छ त्यहा पानी छैन जस्ता समस्याले गर्दा अहिले पनि बैकल्पिक रुपमा साझ बिहान गरी दुई घण्टा मात्र पानीको ब्यवस्थापन गरिएको बताउनु भएको छ । उहाले उपभोक्ताहरुलाई पानी सहज रुपमा बितरण गर्नका लागी अझै पनि समस्या सिर्जना भएको बताउनु भएको छ । उहाले खानेपानीको क्षेत्रमा स्थानिय सरकार उदासिन रहेको बताउनु भएको छ । उहाले पुर्ण आर्सेनिक क्षेत्रको रुपमा रहेको सुनवल ७ र ८ अहिले गर्मीको समयमा सबैको धारा सुुकेको अवस्थामा समयमा पानी ल्याउन सकेको भए धेरै राहत हुने बताउनु भएको छ । उहाले फागुन महिनाबाट नै बिभिन्न प्रयास गर्दागर्दै बैशाख महिनामा मात्र आफुहरुले सोचे जस्तो काम गर्न सफल भएको बताउनु भएको छ । समस्यै समस्यामा गुज्रिरहेको यो बैरागेश्वर खानेपानी संस्थानको बिकास र कार्य क्षमता बढाउनका लागी सक्रिय रुपमा काम गर्दै आएको बताउनु भएको छ । उहाले सिरानको पानी अब केही समयमै आइपुग्ने भएकोले केही हद सम्म खानेपानीको समस्या समाधान गर्न सकिने बताउनु भएको छ । उहाले अब सुनवल ७ र ८ का स्थानियहरुले खानेपानीको बिल अनलाइन मार्फत भुक्तानी गर्न सकिने समेत बताउनु भएको छ ।
यस्तै गरी सुनवल नगरपालिका वडा नम्बर ७ का वडासदस्य लाल बहादुर थापाले सुनवल ७ र ८ मा खानेपानीको समस्या रहेको बताउदै यो संस्था स्थापना भएपछि केही हद सम्म यहको समस्या समाधान भएको बताउनु भएको छ । उहाले आफनो वडामा भएको खानेपानी समस्यालाई छिटटै नै समाधान गर्न पहल गर्ने बताउनु भएको छ । बडा सदस्य थापाले मानव जिवनका लागी खानेपानीको उत्तिकै महत्व हुने भएकोले पानी संगै सरसफाइको पनि आवश्यकता भएको बताउनु भएको छ । उहाले सुनवल ७ र ८ मा खानेपानीको मुख्य समस्या नै आर्थिक पक्ष भएकोले स्थानिय तह लगायत प्रदेश सरकारले पनि बजेट छुटयाएर काम गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा लोकेश्वर सामुदायिक बनका उपाध्यक्ष चुरामणी अर्यालले बोल्दै खानेपानीको ब्यवस्थापनका लागी जसरी ७ र ८ मा यसको सुरुवात गरियो त्यसरी नै यसलाई बिस्तार गर्न आग्रह गर्नु भएको छ ।
यस्तै गरी श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुनवल ७ र ८ नवलपरासीका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार संयोजक बसन्तराज दाहालले यस खानेपानी संस्थाले सुनवल ७ र ८ का स्थानियलाई स्वच्छ र सफा खानेपानी बितरण गर्र्दै आएको बताउनु भएको छ । उहाले यस खानेपानी तथा सरसफाई संस्थाको बिकास र ब्यवस्थापनका लागी बजेट बिनियोजन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएकोले यसमा सबैलाई पहल गर्न आग्रह गर्नु भएको छ।
संस्थाका कोषाध्यक्ष सुमन पाण्डेले स्वागत मन्तब्य राख्दै खानेपानी संस्थाका लागी एकजुट भएर अघि बढन आग्रह गर्नु भएको छ । संस्थाका सचिव सानु बाबु श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा यस संस्थाका लेखा संयोजक ओमप्रकाश बाह्घरे, सदस्य राम प्रसाद अर्याल, संस्थाका सल्लाहकार संयोजक बिश्वनाथ यादव, सल्लाहकार सदस्यहरु रेशम राना, लोक बहादुर केसी , बिरमान राना, भानुभक्त भण्डारी, दिपक खाती, हरि बहादुर खत्री लगायत सरोकार बाला निकाय र ब्यक्तित्वहरुकोे सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०५-२६ , समय : ०८:१०:३० , ७ महिना अगाडि