गरिमा चौधरी हत्या प्रकरणमा थप एक जना पक्राउ

रुपन्देही खबर , ३४  पटक हेरिएको

काठमाण्डौ,भदौ ८

बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१ का प्रदीप खड्का रहेका छन् । गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट हराएको तीन दिनपछि मृत भेटिएकी हुन् ।

प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ । घटनाको अनुसन्धानका क्रममा हालसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले बताएका छन् । उनका अनुसार पक्राउ पर्नेमा प्रदीप खड्कासहित ९ जना छन् । खड्का विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०८-२४ , समय : १४:४४:५६ , १ घन्टा अगाडि