बोकाको भाडा विवादमा सेवाग्राहीमाथि कुटपिट, चालक र सहचालक पक्राउ

रुपन्देही खबर , ० पटक हेरिएको

बुटवल,कात्तिक २१

रुपन्देहीको बुटवलस्थित नयाँ बसपार्कमा बोकाको भाडा विषयमा विवाद हुँदा सेवाग्राहीमाथि कुटपिट गरेको आरोपमा गाडीका चालक र सहचालक पक्राउ परेका छन्। बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्कमा गत कात्तिक १७ गते गुल्मीबाट आएको लु २ ख ५९३० नम्बरको गाडीमा बोकाको भाडा विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा सेवाग्राहीमाथि सार्वजनिक स्थानमै कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घटनामा संलग्न रहेको आरोपमा कात्तिक २० गते बुटवल उपमहानगरपालिका–९ बाट गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका–४ निवासी ५२ वर्षीय शिवबहादुर खत्री र सोही स्थानका १८ वर्षीय चमत्कार खत्री रहेका छन्। उनीहरू उक्त गाडीका चालक र सहचालक रहेको प्रहरीले जनाएको छ।

बोकाको भाडा सम्बन्धमा उत्पन्न विवादले कुटपिटको रूप लिएपछि घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि घटनाको प्रकृति र संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: २०२६-११-०७ , समय : २१:१९:१७ , १२ मिनेटutes अगाडि