पत्रकार महासंघको चुनाव सर्‍यो

रुपन्देही खबर , ११४  पटक हेरिएको

भैरहवा, जेठ २६

नेपाल पत्रकार महासंघको चुनाव सरेको छ । २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।


मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनु भएको छ ।
उहाका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो । असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन ।

साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : ०८:१२:२४ , ३ हप्ता अगाडि