लागु औषधको कारोवार गर्दै गर्दा कञ्चनका एक युवा पक्राउ

जगिलाल थापा , २५३  पटक हेरिएको

कञ्चन ,असार ८

रुपन्देहीको कञ्चन गाउपालिकामा अबैध रुपमा लागु औषधको कारोवार गर्दै गर्दा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको नियन्त्रणमा पर्ने जिल्ला रुपन्देही कञ्चन गाउपालिका वडा नंम्बर १ बकुलगाढ बस्ने अन्दाजी २९ बर्ष का महेश थारु रहेका छन।

 

ईलाका प्रहरी कार्यालय, रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवको नेतृत्वमा प्रहरी चौकी बेउरीको सुरक्षा गस्तीले गोप्य सूचनाको आधारमा गस्ती गर्ने क्रममा ती युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय, रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवले दिनु भएको जानकारी अुनसार गस्ती गर्ने क्रममा महेश थारुकै घरमा खानतलासी गर्दा अबैध रुपमा कारोवार गर्दै गर्दा निजसंग २ ग्राम ६० मिलीग्राम खैरो हिराइन जस्तो देखिने लागु औषध फेला पारेको हो ।

निज थारुले आफुले सेवन गर्नको लागि भारतको कक्रहवाबाट लिएको बताए पनि निजले अबैध रुपमा लागु औषध कारोवार गर्दै आएको गोप्य सूचनाका आधारमा गस्ती गर्दा दोश्रो पटक ती युवक पुन पक्राउ परेको ईलाका प्रहरी कार्यालय, रुद्रपुरका प्रहरी निरीक्षक यादवले जानकारी दिनु भएको छ।

प्रहरीले निजको साथबाट नगद ४ हजार ६ सय रुपैया नगद, एक थान मोवाइल, चुरोटका बट्टा, चम्चा, लाइटर र एक थान प्लेट समेत बरामद गरेको हो । पक्राउ परेका ती युवकलाई थप अनुसनधनका लागि ईलाका प्रहरी कार्यालय। सालझण्डी पठाइएको ईलाका प्रहरी कार्यालय, रुद्रपुरले जनाएको छ ।निज थारु यस भन्दा अघि पनि लागु औषध कारोवार गर्दा पक्राउ परी ७ महिना हिरासतमा बसेका थिए ।

प्रकाशित मिति: २०२२-०६-२२ , समय : २१:४५:११ , २ वर्ष अगाडि