रुपन्देही खबर , ५ पटक हेरिएको
कपिलवस्तु, कार्तिक ११
कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ गजेहडाकी ६३ वर्षीया जलिया थारू रहेकी छन्। बुधबार बिहान लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनामा गम्भीर घाइते भएकी थारूको ठाकुरापुरस्थित युनाइटेड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-२८ , समय : २०:५६:१२ , १ घन्टा अगाडि