आज सुनचाँदीको भाउ बढ्यो

रुपन्देही खबर , ५  पटक हेरिएको

काठमाण्डौ, कार्तिक ११

आज सुनचाँदीको भाउ बढेको छ ।सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो । हिजो तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा सुन आज भाउ बढेर तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको ३ हजार ९७० रुपैयाँमा कारोबार भएकोमा चाँदी आज तोलामा ३ हजार ९८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०२६-१०-२८ , समय : २०:२९:५७ , २ घन्टा अगाडि