आठ देशका राजदूत नियुक्तिका लागि सरकारद्वारा सिफारिस

रुपन्देही खबर , २११  पटक हेरिएको

काठमाडौँ ,असार ८

सरकारले ८ देशका राजदूत नियुक्तिका लागि  सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । जसमा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा)का २ र माओवादी केन्द्रबाट १ जना छन्।

पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस हुनु भएको छ। उहा एमालेको कोटाबाट सिफारिस हुनु भएको हो । रेग्मीलाई यसअघि २०७७ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।

एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस हुनु भएको छ । माओवादी कोटाबाट डा. विजय पन्त बेलायतका लागि सिफारिस हुनु भएको छ । त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नाम दिएको छैन। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट फुटेर अशोक राइले गठन गरेको जनता समाजवादी पार्टी (जसपा)बाट २ राजदूत सिफारिसमा परेका छन्।

जसमा डेनमार्कका लागि सुम्निमा तुलाधर र स्पेनका लागि पुष्पराज रन्जितकार छन्। रास्वपाका उपसभापति समेत रहनु भएको श्रम रोजगार  तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्नो कोटाबाट राजदूत सिफारीस हुन बाँकी रहेको जानकारी दिनु भएको छ । सरकारले जेठ २४ गते विभिन्न ११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: २०२४-०६-२२ , समय : ०६:०७:१५ , ४ महिना अगाडि