बुटवलमा आज देखी नमुना युवा प्रदेश सभा-२०८१ सुरु

रुपन्देही खबर , २१३  पटक हेरिएको

बुटवल, असार ८

राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आज देखि बुटवलमा प्रदेश स्तरिय ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ सुरु गरेको छ ।

शनिवार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले कार्यक्रमको उद्घाटन गर्दै युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिक रुपमा नमुना युवा प्रदेश सभा सञ्चालन गर्ने गरेको बताउनु भएको छ । उहाले युवाहरु परिवर्तनका संवाहक भएको बताउदैँ हामी भोलिका कर्णधार हैनौ आजकै साझेदारी हौ भन्ने तर्क सहित हरेक क्षेत्रमा युवाहरु अगाडि बढ्न प्रोत्साहन गर्नु भएको छ । अब युवाहरु सामाजिक राजनैतिक र आर्थिक क्षेत्रमा पनि हस्तक्षेपकारी भुमिका निर्बाह गर्दै अगाडि बढ्न सक्यौँ भने हामीले देश परिवर्तनका लागी निर्णायक भुमिका खेल्न सक्छौ उहाले भन्नू भयो ।

त्यस्तै परिषद्का उपाध्यक्ष गाेबिन्द बहादुर खत्रीले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्ने बताउनु भएको छ ।
युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न सके पनि राष्ट्रले उनीहरुको उर्जा क्षमता र याेग्यताबाट लाभ लिन सके मात्रे पनि केहि हद सम्म परिवर्तनमा थप टेवा पुगने उहाले बताउनु भएको छ ।

युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ । नगर/गाउँबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराइने छ र नमुना युवा प्रदेश सभा अभ्यास गरिसकेपछि त्यहाँबाट छनौट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी समेत गराइने उपाध्यक्ष खत्रीले बताउनु भयो ।

प्रदेशका १२ वटा जिल्लाका पालिकामा नमुना युवा गाउँ/नगर सभा संचालन भएपछि पालिकाबाट सिफारिस भई आएका ४३ जना सहभागीतामा प्रदेश युवा संसद शुरु भएको छ। चारदिन चल्ने अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका सचिव बिनोदकुमार खड्का, नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक इन्द्रजित थारु, प्रकाश उपाध्याय, डम्बर खराल, सरोज खनाल लगायतले साशकिय स्वरुप र राज्य संचालनको प्रक्रिया, प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका विच अन्तर सम्बन्ध लगायतका विषयमा बहस तथा छलफल गर्ने कार्यकारी सदस्य सरोज खनालले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०६-२२ , समय : १९:०४:३० , ४ महिना अगाडि