साहासी कदम नेपालद्वारा भलवारीमा गौरव मेला तथा टयालेन्ट सो सम्पन्न

उर्मिला यादव यात्री , ३५५  पटक हेरिएको

भैरहवा, असार १२

रुपन्देहीको भलवारीमा मंगलबार गौरव मेला तथा टयालेन्ट सो कार्यक्रम सम्पन्न भएको छ । साहासी कदम नेपाल रुपन्देहीको आयोजना तथा यु एस एम्बेस्सीको सहयोगमा पहिलो पटक रुपन्देहीमा गौरव मेला सम्पन्न भएको हो । मेलाको उदघाटन गर्दै समाजसेवी दुर्गा प्रसाद पाण्डेले रुपन्देहीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय धेरै भए पनि जनगणनामा नदेखिएको बताउनु भएको छ ।

उहाले यो समुदायलाई आफनो पहिचान नलुकाउन आग्रह गर्दै आफनो पहिचान लुकाउदा राज्यको हेराइ नै फरक भएको उल्लेख गर्नु भयो । यो समुदाय खुलेर बाहिर आउदा राज्यले यो समुदायको अधिकार दिन बाध्य हुने उहाले बताउनु भएको छ । संबिधानले दिएको सम्पत्तीको हक, बैवाहिक हक, नागरिकताको हक, साथैे मौलिक हकको रुपमा तेस्रोलिंगीले पाउने अधिकारको रुपमा सुनिश्चत गरेको अवस्थामा यो समुदाय समुहको रुपमा आउनुपर्नेमा जोड दिनु भएको छ । उहाले यो समुदायलाई सम्बोधन गर्नका लागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राज्यलाई बाध्य तुल्याउनुपर्ने आग्रह गर्नु भएको छ । उहाले टयालेन्ट सो मा प्रस्तुत भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जिवनमा आधारित प्रस्तुतीलाई देखेर भावुक भएको बताउनु भयो ।

समाजसेवी पाण्डेले यो समुदायको हक र अधिकारको लागी संचार माध्यमको प्रयोग गर्न आग्रह गर्दै यो समुदायको हकहितका लागी आफु सधै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाले यौनिक तथा लैंगिक अल्पंख्यक समुदायको स्वास्थ्य परीक्षणका लागी आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

एक्लोलाई साहारा दिने बृक्ष समुह भैरहवा रुपन्देहीको प्रमुख मनिला न्यौपानेले समलिंगी बिवाहलाई बैवाहिक समानताका रुपमा लिएको बताउनु भएको छ । उहाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय बिच आफुले चाहेको ब्यक्ति संग बिवाह गर्न पाउनु पर्ने अधिकारको कुरालाई अगाडी ल्याउन चाहेको बताउनु भएको छ । उहाले बिवाहसंग जोडेर धेरै अधिकारका कुराहरु आउने भएकोले आफुले चाहेको ब्यक्ति संग बिवाह गर्न नपाउदा र जबरजस्ती राज्यले बिवाह गराउदा यो समुदायलाई राज्यले जबरजस्ती अपराधमा धकेलेको गुनासो गर्नु भएको छ । उहाले बैवाहिक समानतालाई अगाडी ल्याउदै गर्दा नेपालमा ३ जना जोडीले बिवाह दर्ता गर्न सफल भएको बताउनु भएको छ । उहाका अनुसार सर्वाेच्चको फैसला अनुसार यो समुदायको केही बिवाह दर्ता भए पनि अब भने धर्म सन्तान राख्न पाउने अधिकारलाई सरकारले कसरी कानुन बनाएर सम्बोधन गर्छ यो कुरामा आवाज उठाउनु पर्ने बेला आएको बताउनु भएको छ ।


कार्यक्रममा युवाको तर्फबाट आकंक्षा भण्डारीले साहासी कदम नेपाल संग आबद्ध भएर युवा टिमले धेरै नया कुराहरु सिक्ने अवसर पाएको बताउनु भएको छ । उहाले साहासी कदम नेपाललाई युवा टिमले निरन्तर सहयोग गर्दै आएको बताउनु भयो । उहाले युवाले अधिकार र स्वास्थ्यको क्षेत्रको सक्रिय भएर काम गरिरहदा लैंगिक समानतालाई बिशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भएको छ ।

यस्तैगरी कार्यक्रममा बोल्दै युएस एम्बेस्सी भैरहवा शाखा कोर्डिनेटर दिपिका गिरीले यौनिक तथा लैंगिक समुदायलाई संग संगै अगाडी बढाउदै लैजानु पर्ने बताउनु भएको छ । उहाले यो समुदायमा अवसरको खाचो भएको बताउदै आगामी दिनमा पनि निरन्तर सहयोग रहने उल्लेख गर्नु भयो ।


कार्यक्रम साहासी कदम नेपालको उपाध्यक्ष सरोजी न्यौपानले स्वागत मन्तब्य राख्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउदै आएको बताउनु भँएको छ । उहाले साहासी कदम नेपालले आयोजना गरेको गौरव मेला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहित र अधिकार संग जोडिएको बताउनु भएको छ । उहाले यो समुदायको हकहित र अधिकारको लागी यो समुदायको सरकार संगको लडाईमा बिभिन्न संघसंस्थाहरु साथ दिदै आएको बताउनु भएको छ ।

गौरव मेला तथा टयालेन्ट सो मा तृप्ती र आसिका, प्रिन्स बुढाप्रित, प्रनिशा थापा,सुजन परियार, स्नेहा रानामगर, सानु खनाल, लिली थापा, एलेक्स गुरुंग, निशा हमाल, र रेजिना दर्लामी बिच प्रतिस्पर्धा भएको थियो जसमा १० जनाको प्रतिस्पर्धात्मक प्रतियोगितामा क्यानन सेकेण्डरी स्कुलको तृप्ती र आसिका प्रथम , लिली थापा द्धितिय र प्रनिशा थापा तृतीय हुनु भएको थियो । यस्तै गरी निशा हमाल चौथौ र प्रिन्स बुढाप्रित पाचौ स्थान हासिल गर्नु भएको थियो ।

प्रतियोगितामा प्रथमलाइ नगद रु दुई हजार ,मेडल र प्रमाणपत्र, द्धितीयलाई एक हजार ५ सय रुपैया र प्रमाणपत्र, तृतीयलाई नगद एक हजार रुपैया सहित प्रमाणपत्र र चौथो तथा पाचौ स्थान हासिल गर्ने सहभागीहरुलाई पाच ÷ पाच सय रुपैया सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । गौरव मेला तथा टयालेन्ट सो को निर्णायक भुमिकामा बिनिता शाही , जिवन भटटराइ र बिन्दु भटटराई रहनु भएको थियो ।

साहासी कदम नेपालका अध्यक्ष आनिक रानाको अध्यक्षता तथा समाजसेवी दुर्गा प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम संचालन साहसी कदम नेपालका प्राबिधिक सल्लाहकार रेशम न्यौपानले गर्नु भएको थियो ।

बिभिन्न संघ संस्था तथा स्थानियहरुको उल्लेख्य सहभागिता रहेको गौरव मेलामा स्थानिय उत्पादन संग जोडिएका सामाग्री तथा परिकारहरु सहित १० भन्दा बढी स्टलहरु राखिएको थियो ।

प्रकाशित मिति: २०२४-०६-२६ , समय : १४:२६:०३ , ४ महिना अगाडि