प्रजनन स्वास्थ्य सम्बन्धि स्वास्थ्यकर्मी र सामुदायिक बिद्यालयका किशोरकिशोरी तालिम प्रदान

गौरीशंकर जयसवाल , २८९  पटक हेरिएको

परासी ,असार ८

पश्चिम नवलपरासीमा प्रजनन स्वास्थ्य सम्बन्धि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकारण तालिम दिईएको छ । रामग्राम नगरपालिका स्वास्थ्य शाखाले महिलाहरुमा देखिने प्रजनन स्वास्थ्य समस्याको बारे स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकारण तालिम दिईएको हो ।

महिलाहरुको प्रजनन उमेर १५ देखी ४९ उमेर समूहको महिलाहरुको गर्भवती हुने बेलाको सयम र समूहमा हुने रोग पाठेघरमा क्यान्सर पडग खस्ने,स्तनक्यान्सर महिनवारी समस्यालाई न्यूनिकारण गर्ने उदेश्यले स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकारण तालिम दिएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट हरिजनले जानकारी दिनु भएको छ ।

समुदास्तरमा रोगहरु पहिचान गरी समयमा औषधी उपचारको दायरमा ल्याउनको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको हरिजनले बताउनु भयो ।

तालिममा यौन स्वास्थ्य भनेको के हो ,प्रजनन स्वास्थ्यको रणनिती र प्रजनन अधिकार, यौेन प्रजनन अधिकार , यौन तथा प्रजनन स्वास्थ्यको महत्वको बारे सुक्रौली स्वास्थ्यसंस्थाका प्रमुख बलराम सापकोटाले सहजिकरण गर्नु भएको थियो का तालिममा २५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको हेल्थ असिस्टेन्ट चन्द्रभान यादवले जानकरी दिनु भएको छ।

यस्तै बिद्यालयका किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण ताालिम दिईएको छ । रामग्राम नगरपालिका स्वास्थ्य शाखा आयोजनामा तालिम बिशेष गरी सदरमुकाम क्षेत्र बाहिरको समुदायिक बिद्यालयको किशोर किशोरीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । किशोरकिशोरीहरुलाई महिनवारी बेला सरसफाईको ज्ञान र ध्यान गर्ने उदेश्यले तालिम दिईएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट हरिजनले जानकारी दिनु भएको छ । तालिम रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीको अध्यक्षता भएको थियो ।

तालिममा किशोकिशोरीहरुको प्रजनन स्वास्थ्य ,लागुऔषध महिवारी सरसफाई यौन प्रजनन स्वास्थ्यको बारेमा सुक्रौली स्वास्थ्यसंस्थाका प्रमुख बलराम सापकोटाले सहजिकरण गर्नु भएको थियो ।

 

बिवाह गर्ने अवस्थामा गर्भतपनको बारेमा हेल्थ असिस्टेन्ट चन्द्रभान यादव र यौन रोग एचआईभि एडसको बारेमा तालिम प्रदान गर्नु भएको थियो । तालिममा सामुदायिक बिद्यायलका ५० जना किशोर किशोरीहरुको सहभागिता रहेकोे थियो ।

प्रकाशित मिति: २०२२-०६-२२ , समय : २२:१८:४६ , २ वर्ष अगाडि