घरेलु हिंसा मुद्दामा फरार चार जना प्रतिवादी पक्राउ

रुपन्देही खबर , ३१२  पटक हेरिएको

बैशाख २

बाँकेको नेपालगञ्जबाट घरेलु हिंसा मुद्दाको फरार चार जना प्रतिवादी पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का ईरफान कवडिया, राजु कवडिया, असफाक कवडिया र सहजाद कवडियालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको जनाएको छ ।

घरेलु हिंसा मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको पौष २७ गतेको फैसलाले ३ महिना कैद तोकिएकोमा उनीहरु हालसम्म फरार रहेको हुँदा उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार चारै जनालाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०४-१५ , समय : ११:२४:१२ , २ वर्ष अगाडि